arrow

जीप दुर्घटनामा वडा अध्यक्ष खम्म नेपाली सहित दुईको मृत्यु, १३ घाईते

logo
रमित बिक।
प्रकाशित २०७५ असार १३ बुधबार
baglung-accident.jpg

बाजुरा। बुधबार बेलुका भएको सवारी दुर्घटनामा स्थानिय वडा अध्यक्ष सहित दुई जनाको मृत्यु भएको छ। से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा पर्दा त्रिबेणी नगरपालिका वडा नं १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको हो। बुधवार बेलुका ८ बजेको समयमा जीप दुर्घटनामा परेको हो।

घटनामा ७ जना घम्भिर घाईते भएको घटनास्थलका प्रत्यक्षदर्शी नेपाली काँगस त्रिबेणी नगरकार्यसमितिका सचिव सुरेन्द्र गिरीले जानकारी दिए। घाईते तथा मृतकको उद्दार गर्न नेपाल प्रहरी र स्थानियबासी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख नायव उपरिक्षक सागर बोहराले जानकारी दिए।

घाईते १३ जना मध्ये सवारी चालक चन्द्र भुनी सहित ७ जना घाईतेलाई बयालपाटा अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रत्यक्षदर्शी गिरीले जानकारी दिए।

जीप सडकबाटट कम्तिमा ५ सय मिटर तल खसेको छ। जीपमा सिमेन्ट र १४ जना यात्रु थिए। अत्याधिक लोडका कारण कच्ची चिप्लो सडकबाट तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।

त्रिबेणी नगरपालिकाका काम सकाएर टुनेगडाबाट साँझ छतारतर्फ जाने क्रममा वडा अध्यक्ष दुर्घटनामा परेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ