arrow

विश्वकप फुटबलमा बिहिबार समूह चरण सकिँदै, यस्तो छ भिडन्त

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
russia-2018.png

काठमाडौं । विश्वकप फुटबलमा बिहिबार समूह चरण सकिँदै छ । समूह जी र एच का खेलहरु हुँदैछन् । 

बेलुकी ७ः४५ बजे समूह एच को खेलमा जापानले पोल्याण्डसंग र सेनेगलले कोलम्बियासंग खेल्दैछ । 

जापान र सेनेगलको ४–४ अंक छ भने कोलम्बियाको ३ तथा पोल्याण्ड अंकविहिन छ ।  पोल्याण्ड बाहिरिँदा जापान, सेनेगल र कोलम्बियामध्ये दुई टोली राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । 

बिहिबार राति ११ः४५ बजे समूह जीबाट इंगल्याण्ड र बेल्जियम तथा पानामा र ट्युनिसिया भिड्दै छन् । 

इंगल्याण्ड र बेल्जियमको समान ६–६ अंक छ । दुवै टिम राउन्ड अफ सिक्सटिनमा पुगिसकेका छन् । समूह विजेता र उपविजेताको मात्र छिनोफानो हुँदैछ । 

पानामा र ट्युनिसियाको भिडन्त केवल प्रतिष्ठाको लागि मात्र हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ