अब हरियो स्टिकर टाँसेका सवारी साधन मात्रै चल्न पाउने
प्रकाशित २०७५ असार १४ बिहिबार
415
Shares
काठमाडौं । सरकारले आगामी साउन १ गते देखि हरियो स्टिकर टाँसेका सवारी साधनहरु मात्रै चल्न दिने भएको छ । सवारी साधनको प्रदुषण मापदण्डका आधारमा हरियो स्टिकर प्रदान गरिने र हरियो स्टिरक नटाँसेको सवारी साधनलाई पूर्णरुपमा प्रतिबन्ध लगाइने भएको हो ।
सवारी साधनको प्रदुषण मापदण्ड मापन गरिने र त्यसको आधारमा हरियो स्टिकर टाँसेर मात्रै सवारी साधनहरु चल्ने यातायात विभागका प्रवक्ता तुल्सीराम अर्यालले बाए । प्रवक्ता अर्यालले आगामी साउन १ गते देखि हरियो स्टिकर टाँसेका सवारी साधनहरु मात्रै सञ्चालनमा ल्याइने र हरियो स्टिकर नटाँसेका सवारी साधनलाई पुर्णरुपमा प्रतिबन्ध लगाइने दावी गरे । ‘सवारी सानधनको प्रदुषण मापदण्ड मापन गर्ने मसिनहरु आइपुगेका छन् । कतिपय मसिनहरु आइपुगेका समेत छन्’ उनले भने, ‘सवारी साधनको प्रदुषण मापदण्ड मापन गरी मापदण्ड भित्र रहेका सवारी साधनलाई हरियो स्टिकर प्रदान गरिने र मापदण्ड भित्र नपर्ने सवारी साधनलाई पूर्णरुपमा बन्देज लगाउने निर्णय हाम्रो पुरानै निर्णय हो, ।’
उनका अनुसार सावरी साधनको प्रदुषण मापन गर्ने कतपय मसिनहरु विभागमा आइपुगेका छन् । विभागले विभाग अन्तरगतका कार्यालयहरुलाई समेत मसिन उपलब्ध गराइरहेको छ । साउन १ गते देखि काठमाडौं उपत्यका सहित सम्पुर्ण महानगरपालिका तथा उपमहानगरपालिकामा मापदण्ड नपुगेका तथा हरियो स्टिकर नटाँसेका सवारी साधन सञ्चालनमा पूर्णरुपमा प्रतिबन्ध लगाइने छ ।
यसअघि विभागले गत वैशाख १ गते देखि हरियो स्टिकरको सावरी साधन मात्रै सञ्चालनमा ल्याउने भनेपनि मापदण्ड मापन मसिन आपुर्तिमा भएको ढिलाईका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।