arrow

समुह विजेता बन्ने होडमा इंगल्याण्ड र बेल्जियम, यस्तो छ समीकरण

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
kan-michy.png

काठमाडौं । समुह जीअन्तर्गत विहीबार इंगल्याण्ड र बेल्जियम आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार राति पौने १२ बजे यी दुई टोलीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । यो समुहबाट यी दुई टोलीहरु अन्तिम १६ मा पुगिसकेका छन् । दुवै टोलीले समुहका दुई खेलहरुमा जित हासिल गरेका थिए । उनीहरुले ट्युनिसिया र पानामालाई पराजित गरेका हुन् ।

दुवै टोलीका मुख्य खेलोडीहरु ह्यारी केन र रोमेलु लुकाकुले समुहको सुरुवाती दुई खेलमा निकै राम्रो प्रदर्शन गरेका छन् । समुहको सुरुवाती दुई खेलमा इंगल्याण्ड र बेल्जियमको प्रदर्शन हेर्दा कुन टोली राम्रो भन्ने प्रश्न उठेको छ । दुवै टोलीले दुई खेलमा ६ अंक छ भने दुवैले बराबर गोल गरेका छन् र उनीहरुले खाएको गोल पनि बराबर नै छ ।

बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलले हराएको थियो । इंगल्याण्डले पनि पहिलो खेलमा ट्युनिसियालाई २–१ ले पराजित गर्दा दोस्रो खेलमा पानामालाई ६–१ गोलले पराजित गरेको थियो । यस्तोमा दुवै टोलीका लागि विहीबारको खेल समुहचरणको विजेता बन्नुका साथै आफूलाई साबित गर्ने एक मौका पनि हुनेछ ।

समुह चरणको अन्तिम खेल सकिने क्रममा रहेको अवस्थामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा इंगल्याण्डका ह्यारी केन सबैभन्दा अगाडि रहेका छन् । उनको नाममा पाँच गोल रहेको छ भने बेल्जियमका रोमेलु लुकाकुको नाममा चार गोल रहेको छ । ह्यारी केनले एक ह्याट्रिक पनि गरेका थिए । पानामा र ट्युनिसिया समुहका तुलनात्मकरुपमा केही कमजोर टोली मानिएकोले उनीहरुको वास्तविक क्षमताको प्रदर्शन भने विहीबारको खेलमा हुनेछ ।

हेड टु हेड
अहिलेसम्म बेल्जियम र इंगल्याण्डको बीचमा अहिलेसम्म ३० पटक प्रतिस्पर्धा भएको छ । जसमा २१ खेल इंगल्याण्डले जितेको छ भने ४ खेल बेल्जियमले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएका छन् ।

प्लेयर्स टु वाच
ह्यारी केन (इंगल्याण्ड)

इंगल्याण्डका कप्तान ह्यारी केनले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । यो प्रदर्शन जारी राख्ने हो भने उनी प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट खेलाडी बन्न सक्छन् । विहीबारको खेलमा पनि उनको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

मिकी बाट्सुयाई (बेल्जियम)
ट्युनिसियाको खेलमा चोटको सामना गरेको कारण बेल्जियमको टोलीमा रोमेलु लुकाकु बेन्चमा बस्न सक्छन् । यस्तोमा बेल्जियमका मिकि बाट्सुयाईले बेल्जियमको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

विहीबारको समह जी को अर्को खेलमा पानामा र ट्युनिसियाको बीचमा खेल हुँदैछ । यो खेलमा दुवै टोलीहरु सान्त्वना जितको खोजीमा रहनेछन् । समुहचरणको सुरुवाती दुई खेल हारेसँगै यी टोलीहरु घर फर्किने पक्का भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ