arrow

जापान र कोलम्बिया दोस्रो चरणमा , फेयर प्लेको आधारमा जापान माथि उक्लियो

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
Japan_winner.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समुह 'एच'को खेल अन्तर्गत कोलम्बिया र जापान दोस्रो चरण मा प्रवेश गरेका छन् । कोलम्बियाले सेनेगललाई १-० गोलले पराजित गरेको हो भने जापान पोल्याण्डसँग १-० गोलले पराजित भएको हो। 

कोलम्बिया ३ खेलमा ६ अंक सहित समुहमा पहिलो भएको हो भने जापान ३ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ। सेनेगलको पनि ३ खेलमा ४ अंक रहेको छ। जापानले सेनेगललाई फिफा फेयर प्लेको अंकका आधारमा पछि पार्दै दोस्रो भएको हो। 

कोलम्बिया र जापानले समुह'जी'को बिजेता र उपबिजेता मध्य ईङल्याण्ड वा बेल्जियमसँग राउण्ड अफ सिक्सटिनमा प्रतिस्पर्धा गर्ने छन्। समुह 'जी'को बिजेता उपबिजेता निर्धारण ईङल्याण्ड र बेल्जियमको खेल पछि निर्धारण हुनेछ। 

कोलम्बिया-सेनेगल
कोलम्बियाले सेनेगललाई १-० गोलले पराजित गरेको छ। खेलको ७४औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई १-०को अग्रता दिलाएका थिए। उक्त गोल नै कोल्बियाकालागि जित दिलाउन पर्याप्त भएको थियो। 

जापान- पोल्याण्ड
पोल्याण्डले जापानलाई १-०ले पराजित गरेको छ। पराजित भए पनि जापान अंकका आधारमा दोस्रो चरण प्रवेश गरेको छ। पोल्याण्डका जान बेड्नारेकले ५९औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ