arrow

को को पुगे विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा 

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
russia-2018.png

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ । ३२ टिमले विश्वकपमा भाग लिएकामा १६ टिम बाहिरिँदा १६ टिम मात्र बँचेका हुन् । 

समूह ए बाट उरुग्वे समूह विजेता र रसिया समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा साउदी अरेबिया र इजिप्ट बाहिरिए । 

समूह बीबाट स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बन्दा इरान र मोरक्को प्रतियोगिताबाट बाहिरिए । 

समूह सीबाट फ्रान्स समूह विजेता र डेनमार्क समूह उपविजेता बन्दा पेरु र अष्ट्रेलिया बाहिरिएका छन् । 

समूह डीबाट क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता बन्दा नाइजेरिया र आइसल्याण्ड बाहिरिए । 

समूह ईबाट ब्राजिल समूह विजेता र स्वीट्जरल्याण्ड समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा सर्बिया र कोस्टारिका बाहिरिए । 

समूह एफबाट स्वीडेन समूह विजेता र मेक्सिको समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा दक्षिण कोरिया र जर्मनी बाहिरिएका छन् । 

समूह जीबाट बेल्जियम समूह विजेता र इंगल्याण्ड समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्दा ट्युनिसिया र पानामा बाहिरिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ