arrow

थाहा पाउनु भयो किन बढेको रहेनछ वृद्ध भत्ता ? 

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
briddha-bhatta.jpg

काठमाडौं । तत्कालीन नेकपा एमालेको अल्पमतको सरकारले ०५१ सालमा सुरु गरेको वृद्धवृद्धालाई भत्ता दिने योजना यसपटक बढेन । एमाले र माओवादी (अहिले एकीकरण भएर नेकपा) मात्र होइन वृद्धवृद्धाले आफूलाई हेर्ने पार्टी त यिनै हुन् भन्दै भत्ता बढ्ने आशाले भोट पनि खसालेको बताएका थिए । 

तर उनीहरु निराश भए किनकि वृद्धभत्ता तीन चौथाइको समर्थनमा बनेको बलियो सरकारले वृद्ध भत्ता बढाएन । त्यसको कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीले खोलेका छन् । उनले मुलुकको ढुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको बताए । 

चुनावका बेलामा वृद्ध भत्ता बढाउने आश्वासन दिएर चुनाव जितेका प्रधानमन्त्री ओलीले बिहिबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने बताए । 

अर्थात् आश्वासन दिन उनले छाडेका छैनन् । त्यही आश्वासनले उनले अझै पनि वृद्धवृद्धाको मनमा बस्न छाडेका छैनन् । 

सामाजिक सुरक्षा भत्ता अन्तर्गत स्पाइनल कर्डका बिरामीलाई दिइने भत्तासमेत सरकारले काटेको छ । मुलुकको बजेटको ढुकुटी कसले सकायो ? सरकारले आर्थिक वर्षमा तोकेको बजेट कहिल्यै खर्च गर्न सकेको हुँदैन । तैपनि प्रधानमन्त्री ओलीले बोलिदिए ढुकुटी रित्तो छ । 

के यसअघिको बजेटमा सामाजिक भत्ता बढाउँदा मुलुकको बजेट भएरै हो त ? जे बोले पनि पत्याइदिनु पर्ने ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ