arrow

सडकको दूरावस्था – बौद्ध लगायतका क्षेत्रमा सडकमै रोपाइँ

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
sadak_mai_ropai.jpg

काठमाडौं । सरकारको दूरावस्था हुँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ठोस कदम चाल्न सकेको छैन । सरकारले रेल र पानीजहाजको सपना देखाउँदा सडक मर्मत गर्न नै बिर्सेको हो । 

सडक नै रोपाइँ गर्न लायक भएपछि काठमाडौंका जनताले बौद्ध लगायतका क्षेत्रमा सडकमै रोपाइँ गरेर आषाढ १५ मनाएका छन् । 

काठमाडौं उपत्यकाका विभिन्न सडकमा गाडी गुड्न सक्ने अवस्था छैन । वर्षाले गर्दा गाडी नै डुब्ने अवस्था छ । तर सरकार भने फेरि पनि पानीजहाजको सपना देखाउनमा खप्पिस छ । 

जनताले हिंड्न समेत नमिल्ने सडकमा सरकारलाई झक्झक्याउन सडकमै रोपाइँ गर्नुपरेको स्थानीयले बताएका छन् । उनीहरुले बर्षादको समयमा मात्र सडक खन्ने र हिलाम्य बनाइ जनतालार्इ रुवाउने सडक विभाग, मन्त्रालय र सम्बन्धित कर्मचारीलार्इ खोइ कार्वाही गरेको भनेर प्रश्न समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ