कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक, निर्धारित कोटाभन्दा बढी पास
प्रकाशित २०७५ असार १५ शुक्रबार
220
Shares
काठमाडौं । गत जेठ २६ र २७ गते भएको कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ । सन् २०१९का लागि लिइएको कोरियन भाषा परिक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको हो ।
इपियस कोरिया शाखाका प्रवक्ता सोभाकर भण्डारीका अनुसार यो वर्षको परिक्षामा निर्धारित कोटा भन्दा बढी परिक्षार्थी पास भएका छन् । उनका अनुसार परिक्षामा ७ हजार ९ सय ९६ जना परिक्षार्थी उत्तिर्ण भएका छन् । यो वर्ष कोरियाले ७ हजार १ सय जना नेपाली कामदारको कोटा तोकेको थियो ।
यस वर्ष उत्पादनका क्षेत्रमा ५ हजार २८ जना र कृषि क्षेत्रमा २ हजार ९ सय ६८ जना परिक्षार्थी उत्तिर्ण भएको एपियस कोरियन शाखाले जानकारी दिएको छ । परिक्षाफल इपियस कोरिया शाखाको वेवसाइट तथा सुचना पार्टी, त्यस्तै वैदेशिक रोजगार विभागको वेवसाइड र श्रम तथा रोजगार मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिने जनाएको छ ।