arrow

रुस विश्वकपका कीर्तिमानहरु

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
cristiano-ronaldo-lionel-messi.jpg

काठमाडौं । रुस विश्वकपमा समुहचरणको खेल सकिएको छ । समुह चरणका खेलहरु सकिँदा यो विश्वकपले अहिलेसम्मकै सबैभन्दा विशेष विश्वकप रहेको प्रमाणित गरिसकेको छ । ढिलो गोल हुने परिपाटी, नाटकीय नतिजा, ठुलो निराशा र निकै प्रतिस्पर्धात्मक खेलहरु यो विश्वकपको समुह चरणमा देख्न पाइयो ।

यसैबीच यो विश्वकपमा विश्वकपमा धेरै कीर्तिमानहरु पनि बनेका छन् । जसमा केही खेलाडीहरुले आफ्नो व्यक्तिगत कीर्तिमानहरु पनि राख्न सफल भए । जसमा बेल्जियमका लागि रोमेलु लुकालु प्रमुख प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । विश्वकपको कुनै पनि खेलमा इंगल्याण्डले ६ गोल गर्न नसकेको अवस्थामा पानामासँगको खेलमा त्यो कीर्तिमान पनि तोडियो ।
यद्यपि यस विश्वकपमा विश्वकपको इतिहासकै केही महत्वपूर्ण कीर्तिमानहरु भङ्ग भएका छन् –

१. एउटै विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी
यस विश्वकपमा सबैभन्दा विवादित रहनपुगेको नयाँ प्रविधि हो–भीएआर । यो प्रविधिको कारण अत्यधिक पेनाल्टिहरु भएको भन्दै यो प्रविधिको आलोचना भएको हो । यो विश्वकपमा अहिलेसम्म २४ पेनाल्टिहरु दिइसकिएको छ । यो विश्वकपमा सात पेनाल्टिहरु भीएआरको परीक्षणपछि दिइएको थियो त्यसका बाबजुद पनि १७ पेनाल्टीहरु यो विश्वकपमा दिइसकिएको छ । यो संख्या पनि अघिल्लो विश्वकपको तुलनामा ४ ले बढी हो ।
यसअघि सबैभन्दा बढी पेनाल्टी सन् १९९०, १९९८ र २००२ को विश्वकपमा समान १८ ओटा रहेको थियो । यो विश्वकपमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीहरु पनि पेनाल्टिमा गोल गर्नबाट चुकेका छन् ।

२. चार विश्वकपमा एउटै टोलीबाट सहभागिता जनाउने प्रशिक्षक
उरुग्वेका प्रशिक्षक ओस्कार टबारेज रुस विश्वकपका सबैभन्दा बूढा प्रशिक्षक हुन् । उनी चार विश्वकपमा एउटै टोलीबाट सहभागिता जनाउने पहिलो प्रशिक्षक हुन् । उनले लगातार तेस्रोपटक उरुग्वेलाई विश्वकपमा पुर्‍याएका हुन् । टबारेज सन् १९८० देखि उरुग्वेको व्यवस्थापनको टोलीमा रहेका थिए । सन् १९९८ को विश्वकपमा उनले उरुग्वेको टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले सन् २००२ को विश्वकपपछि भने चार वर्ष विश्राम लिएका थिए । यस्तोमा उरुग्वेको टोली सन् १९९४, १९९८ र २००६ को विश्वकपको लागि छनोट हुन सकेन ।
यस्तो अवस्थामा टबारेज पुनः उरुग्वेको टोलीमा फर्किए र त्यसयता उनले लगाताररुपमा टोलीलाई विश्वकपमा छनोट मात्र नभई माथिल्लो चरणमा समेत पुर्‍याउँदै आएका छन् ।

३. विश्वकपका सबैभन्दा पाका खेलाडी
इजिप्टका गोलरक्षक एसाम एल ह्याडरी विश्वकपका सबैभन्दा पाको उमेरका खेलाडी हुन् । ४५ वर्ष १६१ दिनमा उनले विश्वकपमा उनले डेब्यु गरेका हुन् । उनले यो विश्वकपमा केही उत्कृष्ट बचाउ पनि गरेका थिए । यसअघि यो कीर्तिमान गएको विश्वकपमा ४३ वर्ष तीन दिनका खेलाडीले राखेका थिए ।

४. अफ्रिकाबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी
सेनेगलका मौसा वाग्यु विश्वकपमा अफ्रिकी टोलीबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनले जापानविरुद्ध गोल गरेका थिए । रुस विश्वकपमा किशोर खेलाडीले गरेको यो दोस्रो गोल थियो । यसअघि फ्रान्सका कायलिन एमबाप्पेले गोल गरेका थिए । वाग्यु १९ वर्ष २३६ दिनका खेलाडी हुन् । यसअघि यो कीर्तिमान सन् २००६ विश्वकपमा घानाका हामिनु ड्रमनले २० वर्ष ८२ दिनमा गोल गर्दै राखेका थिए ।

५. ०–० को नतिजा नआएको सबैभन्दा लामो समय
सन् १९५४ को विश्वकपमा कुनै पनि खेलमा ०–० को नतिजा आएको थिएन । जसमा समग्रमा २६ खेल भएका थिए । यो कीर्तिमान यो विश्वकपमा ३७ खेलमा पुगेको छ । समुह सीको अन्तिम खेलमा मात्र फ्रान्स र डेनमार्कले ०–० को बराबरीको नतिजा हासिल गरेका थिए ।


६. विश्वकपमा सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी
यो विश्वकपमा सबैभन्दा पाको उमेरमा ह्याट्रिक गर्ने खेलडीको रुपमा क्रिस्टियानो रोनाल्डोले नाम लेखाएका छन् । ३३ वर्ष एक सय ३१ दिनका यी खेलाडीले रुस विश्वकपको स्पेनविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेका थिए । उनले पहिलो गोल पेनाल्टिमार्फत् गरेका थिए । सो पेनाल्टि विश्वकपको पहिलो पेनाल्टि पनि रहेको थियो । यसअघि सन् १९७८ को विश्वकपमा हुयाट्रिक पूरा गर्ने नेदरल्याण्ड्सका रोब रेसेनब्रिन्क सबैभन्दा पाका खेलाडी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ