arrow

रुस विश्वकप : समुह चरणको खेलका रमाइला र आश्चर्यजनक नतिजा

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
top-player.png

काठमाडौं । रुस विश्वकपको समुह चरणका खेलहरु सकिएका छन् । यसपटक आशा गरिएभन्दा भिन्न किसिमको नतिजा हासिल भएको यो विश्वकपमा धेरै अचम्मलाग्दा र अनौठा नतिजाहरु हासिल भए । साथै केही नाटकीय नतिजाहरु पनि हासिल भए । ४८ खेल सकिइसकेको विश्वकपको अब केवल १६ खेल बाँकी रहेको छ ।

समुहचरणको सबै खेल सकिँदा अहिलेसम्म १ सय १६ गोल भएका छन् । यसको अर्थ समुह चरणमा प्रतिखेल दुइ औसतमा दुई दशमलव ६४ गोल भएका छन् । ८ पटक एउटै खेलाडीले दुई गोल गरेका छन् । यसरी एकै खेलमा दुई गोल गर्नेमा बेल्जियमका रोमेलु लुकाकु अगाडि छन्, दुई खेलमा दुई-दुई गोल गरेका थिए । त्यसैगरी दुईओटा ह्याट्रिक भएको छ । सबैभन्दा बढी गोल गर्ने खेलाडीमा इंगल्याण्डका ह्यारी केन रहेका छन् । उसले ५ गोल गरिसकेका छन् ।

४८ खेलहरुमा २४ पेनाल्टिहरु दिइसकिएको छ । यसको अर्थ दुई खेलमा एक पेनाल्टि हासिल भएको छ । यो नतिजा अहिलेसम्मको विश्वकपको सबैभन्दा धेरै पेनाल्टि संख्या हो । जसमा १८ पेनाल्टिबाट गोल भएका छन् भने बाँकी ६ पेनाल्टिहरु रोकिएको वा फ्रेमभन्दा बाहिर प्रहार भएका छन् ।

समुहचरणको खेल सकिँदा ८ ओटा आत्मघाती गोल भएको छ । खेलमा सबैभन्दा छिटो भएको गोल चौथो मिनेटमा भएको गोल जुन हो, जुन क्रस्टियानो रोनाल्डोने स्पेन र मोरोक्कोको खेलमा गरेका थिए । परिवर्तन गरेर आएको खेलाडीबाट सबैभन्दा छिटो एक मिनेटमा गोल भएको छ । रसियाले अर्टेम डिज्बाले साउदी अरेबियाको विरुद्धमा सो गोल गरेका थिए ।

सबैभन्दा ढिलो गोल ब्राजिल र कोस्टारिकाको खेलमा थप दोस्रो हाफमा थप गरिएको समयको सातौं मिनेटमा गोल भएको थियो ।
एउटै टोलीबाट भएको दुई गोलको सबैभन्दा कम समयमा भएको गोल ३ मिनेटमा आएको थियो । स्पेर र पोर्चुगलको खेलमा स्पेनले सबैभन्दा कम समयअन्तरमा गोल गरेको थियो ।

समुहचरणका सबैभन्दा धेरै गोल गर्ने टोलीमा बेल्जियम रहेको छ । उसले ९ गोल गरेको छ भने सबैभन्दा कम गोल हान्नेमा १५ टोलीहरु रहेका छन् । उनीहरुले केवल २ गोल मात्र गर्न सके । सबैभन्दा बढी गोल खाने टोली पानामा हो । उसले ११ गोल खाएको छ भने कुनै पनि गोल नखाने टोली उरुग्वे हो ।

समुहचरणको तीनै खेलमा जित हासिल गर्ने टोली बेल्जियम, क्रोएसिया र उरुग्वे हुन् भने इजिप्ट र पानामाले कुनै भने कुनै पनि खेल जित्न सकेनन् । समुह चरणका खेलहरुमा १६२ पँहेलो कार्ड देखाइएको थियो भने ३ रातो कार्ड देखाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ