arrow

उरुग्वे र पोर्चुगलको खेलमा स्वारेज र रोनाल्डोको परीक्षा 

logo
प्रकाशित २०७५ असार १६ शनिबार
swaraz-ronaldo.png

काठमाडौं। शनिबार रुस विश्वकपमा अन्तिम १६ मा उरुग्वे र पोर्चुगलको बीचमा प्रतिस्पर्धा हुँदैछ। समुह ए को विजेता उरुग्वे र समुह बी उपविजेता पोर्चुगलको बीचमा हुन गइरहेको यो प्रतिस्र्धा निकै महत्वपूर्ण हुनेछ। नेपाली समयअनुसार शनिबार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ।

उरुग्वेले यो विश्वकपमा निकै राम्रो पदर्शन गरेको छ। समुह ए को यो टोलीले समुहचरणको तीन खेलमा जित हासिल गरेको थियो। समुह चरणका सबै खेलहरुमा उरुग्वेले एकैनासको प्रदर्शन गरेको थियो। यो विश्वकपको समुह चरणका खेलहरुमा निकै नाटकीय शैलीका नतिजाहरु हासिल भइरहेको अवस्थामा उरुग्वेले भने आफ्नो एकैनासको प्रदर्शन जारी राखेको हो। त्यतिमात्र होइन यो टोलीले आफ्नो समुह चरणका तीन खेलमा एक गोल पनि खाएको छैन। तीन खेलमा यो टोलीले पाँच गोल गरेको छ।

यो विश्वकपमा समुहचरणका सबै खेल जित्ने मुलुकहरु केवल तीनवटा मात्र छन्, जसमा एक टोली उरुग्वे हो । जसमा विश्वकपमा एक गोल पनि नखाने टोली उरुग्वे नै हो । जसको कारण कारण शनिबार हुने खेलमा दक्षिण अमेरिकी टोली बलियो आत्मविश्वासको साथमा मैदानमा उत्रिनेछ । 

पोर्चुगल समुह बीको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको टोली हो । क्रिस्टियानो रोनाल्डोको टोलीको प्रदर्शन समुहचरणमा निकै महत्वपूर्ण रहेको थियो । दुई खेल बराबरी र एक खेलमा जित हासिल गरेको यो टोली सन्तुलित अवस्थामा देखिएको थियो । स्पेनसँग बराबरीको नतिजा हासिल गरेको यो टोलीले मोरोक्कोलाई पराजित गरेको थियो । इरानसँगको अन्तिम खेल भने बराबरीमा सकिएको थियो । 
पोर्चुगलले पनि समुह चरणको खेलामा ५ गोल गरेको थियो तर उसले चार गोल खाएको थियो । यो नतिजाले उरुग्वेसँगको खेलमा पोर्चुगलका लागि आफ्नो प्रदर्शनमा केही सुधार गर्नुपर्ने देखिन्छ । पोर्चुगलको टोली धेरै हदसम्म स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमा निर्भर रहेको देखिन्छ । यस्तोमा एडिन्सन काभानी र लुइस स्वारेजस्ता खेलाडीहरुलाई रोक्नु टोलीको लागि शनिबारको लागि मुख्य चुनौती हुनसक्छ । 

हेड टु हेड 
अहिलेसम्म यी दुई टोलीहरुको बीचमा केवल दुईपटक प्रतिस्पर्धा भएको छ । जसमा एकपटक पोर्चुगल विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । 
 

प्लेयर्स टु वाच 
लुइस स्वारेज (उरुग्वे) 
उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको भूमिका शनिबारको खेलमा निकै महत्वपूर्ण हुनेछ । सन् २०१० को ह्याण्डबल र सन् २०१४ मा विपक्षी खेलाडीलाई टोकेको कारण विवादमा आएका यी खेलाडीले यो विश्वकपमा भने राम्रो प्रदर्शन गरिरहेका छन् । उनलाई रोक्नु पोर्चुगलको लागि निकै महत्वपूर्ण हुनेछ । 
 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) 
पोर्चुगलले समुह चरणमा गरेको पाँच गोलमा चार गोल क्रिस्टियानो रोनाल्डोको नाममा छ । पोर्चुगलको टोली धेरै हदसम्म रोनाल्डोना निर्भर देखिन्छ । जसको कारण शनिबारको खेलमा पनि उनले टोलीका लागि महत्वपूर्ण योगदान दिनसक्ने अपेक्षा गरिएको छ । उनले स्पेनसँगको खेलमा आफ्नो ह्याट्रिक पनि पूरा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ