arrow

सरकारी निषेद्याज्ञाको विरोधमा उत्रिएका विवेकशीलका संयोजकसहित कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७५ असार १६ शनिबार
bibekshil-shaja.png

काठमाडौं । काठमाडौंको माइतीघरलगायतका स्थानहरुमा सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित  कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

माइतीघरमा विरोध गर्न पुगेका विवेकशील साझाका नेताहरुलाई शनिबार गिरफ्तार गरिएको हो । यसअघि सरकारले काठमाडौंका सात स्थानमा मात्र प्रदर्शन गर्न पाउने नियम अघि सारेको थियो । साथै सरकारले निषेधित क्षेत्र कडाइका साथमा कार्यान्वयन गराउने बताएको थियो ।

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले विना कारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् मिश्रले सरकारले यो कदमको निन्दा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ