arrow

दुई पटकको च्याम्पियन अर्जेन्टिनाको विश्वकपमा ‘फुलस्टप’, फ्रान्स क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७५ असार १६ शनिबार
arg-france.jpg

काठमाडौं । दुई पटकको च्याम्पियन अर्जेन्टिनाको विश्वकप फुटबलमा ‘फुलस्टप’ लागेको छ । शनिबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा एक पटकको च्याम्पियन फ्रान्सले ४–३ ले पराजित गरेको हो । 

२–१ ले अग्रता लिएर पनि त्यसलाई बचाउन नसकेको गत सस्करणको रनरअप अर्जेन्टिनाको कमजोर डिफेन्स लाइन हारको कारण बन्यो । खेलको १३ मिनेटमा एन्टोइने ग्रेजम्यानको पेनाल्टी गोलबाट अग्रता लिएको फ्रान्सले ४१ औं मिनेटमा एन्जेल डी मारियाको गोल खाँदा बराबरीमा आयो । 

४८ औं मिनेटमा लिओनल मेस्सीको पासमा गाब्रिएल मार्काडोले गोल गर्दै अर्जेन्टिनाले २–१ ले अग्रता लियो । 

तर त्यसपछि ११ मिनेटको अन्तरमा फ्रान्सले तीन गोल गर्यो । ५७ औं मिनेटमा बेन्जामिन पभार्डले तथा ६४ औं र ६८ औं मिनेटमा काइलियन एमबाप्पेले गोल गरे । 

त्यसपछि कमजोर सावित भएको अर्जेन्टिनाका लागि इन्जुरी समयको तेस्रो मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे पनि समय अपुग भएका कारण अर्जेन्टिना हार्यो । 

यसअघिको विश्वकपमा भएका दुई भिडन्तमा अर्जेन्टिना विजयी भएको थियो । तर इतिहासले काम नगर्दा हार्न पुग्यो । 

फ्रान्समा अनुभवी एवं युवा खेलाडीहरुको वर्चश्व भएकाले राम्रो प्रदर्शन गरेको छ ।

Kylian Mbappe scored a sensational second-half brace to send France through to the quarter-finals of the World Cup

The Monaco youngster then finished off a beautifully constructed attack to seal France's progression to the last eight

Antoine Griezmann celebrates with team-mate Olivier Giroud after scoring the opening goal of the game in Kazan

The Atletico Madrid forward showed nerves of steel to slot home from the penalty sport in the early stages of the game

Angel Di Maria leveled things up just moments before half-time with a sensational long range effort into the top corner

 

Tottenham goalkeeper Hugo Lloris had no chance as he could only watch the ball whistle past and into the back of the net

Di Maria celebrated wildly and was instantly mobbed by this team-mates after bringing them level late in the opening period

Just minutes into the second-half, Gabriel Mercado then put Argentina into a 2-1 lead with a wicked deflection

Just minutes into the second-half, Gabriel Mercado then put Argentina into a 2-1 lead with a wicked deflection

Argentina's lead did not last long though as France right back Benjamin Pavard produced a moment of magic to restore parity

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ