arrow

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकपबाट बाहिरियो, उरुग्वे क्वाटरफाईनलमा

logo
प्रकाशित २०७५ असार १७ आइतबार
Ronaldo_cavani.jpg

काठमाडौं। दुई पटकको विश्वकप बिजेता उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। 

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल 'राउण्ड अफ सिक्सटिन'बाट बाहिरिएको छ। संभवत: रोनाल्डोको यो अन्तिम विश्वकप हुनेछ। 

उरुग्वेकालागि एडिसन काभानीले ७औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १-०को अग्रता दिलाएका थिए। स्वारेजको पासमा कभानीले टाउकोले दर्शनीय गोल गरेका थिए। 

पहिलो हाफमा उरुग्वे १-०को अग्रता लिएर बिश्राममा गएको थियो। खेलको ५५औं मिनेटमा पोर्चुगलकालागि पेपेले गोल गर्दै खेल १-१को स्थितीमा पुर्‍याएका थिए। उनले कर्नर प्रहार भएको बलमा टाउकोले गोल गरेका थिए। 

खेल बा‍बराबरीको स्थितीमा धेरै बेर रहन सकेन । ६२औं मिनेटमा एडिसन कभानीले गोल गर्दै उरुग्वेलाई २-१को अग्रता दिलाएका थिए। उक्त गोल नै उरुग्वेकालागि जितकालागि पर्याप्त हुन गयो । 

दिनको पहिलो खेलमा स्टार खेलाडी लियोनल मेस्सीको टोली अर्जेन्टिना बाहिरिएसँगै रोनाल्डोको पोर्चुगल पनि बाहिरिएको छ। युरोकप २०१६ बिजेता पोर्चुगलले विश्वकप जित्न सक्ने अनुमान बिश्लेषकहरुले गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ