arrow

विश्वकप फुटबलमा आइतबार दुई प्रिक्वार्टरफाइनलका खेलहरु

logo
प्रकाशित २०७५ असार १७ आइतबार
russia-2018.jpg

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दुई प्रिक्वार्टरफाइनलका खेलहरु हुँदैछन् । बेलुकी पौने ८ बजे पूर्व विजेता स्पेन र आयोजक रुस भिड्दै छन् । 

स्पेन सन् २०१० को विजेता हो भने रुस आयोजक भएकाले घरेलु मैदानमा सशक्त देखिएको छ । 

रुसले समूह ए बाट उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाएको हो । रुसले समूह चरणमा साउदी अरेबियालाई ५–० ले तथा इजिप्टलाई ३–१ ले हरायो भने उरुग्वेसंग ३–० को हार चाखेको थियो । 

स्पेन समूह बी को विजेता हो । समूह चरणमा स्पेनले पोर्चुगल र मोरोक्कोसंग बराबरी खेलेको थियो भने इरानलाई १–० ले हराएको थियो । 

आइतबार रातिको दोस्रो राउन्ड अफ सिक्सटिनको खेलमा क्रोएसिया र डेनमार्क खेल्दैछन् । डेनमार्क समूह सी को उपविजेता हो । समूह चरणमा डेनमार्कले पेरुलाई १–० ले हराउँदा अष्ट्रेलियासंग १–१ को तथा फ्रान्ससंग गोलरहित बराबरी खेलेको थियो । 

क्रोएसिया समूह डी को विजेता हो । समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले, नाइजेरियालाई २–० ले हराएको थियो भने आइसल्याण्डलाई २–१ ले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ