arrow

सुरक्षाका लागि १० हजार वृक्षारोपण

logo
रमित बिक,
प्रकाशित २०७५ असार १७ आइतबार
tree-plant.jpg

बाजुरा । जिल्लाकै जेठो नगरपालिका बडिमालिका नगरपालिका बाजुराले सदरमुकाम मार्तडीका बिभिन्न क्षेत्रमा वृक्षारोपण गरेको छ । नगरको आयोजना र जिल्ला बन कार्यालय बाजुराको सहकार्यमा करिव १० हजार बोटहरु रोपिएको हो । 

बोट विरुवा भए भिरालो ठाउँको माटो पनि कम बग्ने हुँदा सडकको सुरक्षा हुने र वातावरण पनि हरियाली बनाउने उद्देश्यसहित नगरपालिकाले एकसाथ ठूलो मात्रामा वृक्षारोपण गरेको हो । नगरक्षेत्रभित्र रहेको सरकारी खाली जग्गामा बिरुवाहरु रोपेको नगर प्रमुख पदम बडुवालले बताए ।

नगर क्षेत्रलाई हरियाली हराभरा बनाउने उद्देश्यले वृक्षारोपण गरिएको उनले बताए । विरुवाहरुमा निपिअर,बाँस अम्लिसो लगायतका बोटहरु रोपिएका छन् । चौराटी खेतदेखि कारगारको डिल सम्म तथा सडकको छेउछाउ दायाँ बाँयामा उतm जातका विरुवाहरु रोपिएको नगर प्रमुख बडुवालको भनाई रहेको छ । 

आफुहरु जनताको शासक नभई सेवक भएकाले जनताका अपेक्षा अनुसारका काम गरेको उनको भनाई रहेको छ । वृक्षारोपण बिभिन्न समुहमा बिभाजित गरेर रोपिएका हुन् । किसानलाई घाँसको पनि सुविधा हुने हुँदा पशुपालन व्यवासय प्रवद्र्धनमा सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ । 

वृक्षारोपणका लागि नेपाली सेना, नेपाल प्रहरी, सरकारी तथा गैर सकारी कर्मचारी, विद्यार्थी, स्काउ र स्थानीय गरी ५ सय बढीको सहभागिता रहेको थियो । प्रत्येक व्यक्तिले कम्तीमा १० देखि ५० बोट रोपेका हुन् । सबै पक्षको साझा सहमति र सहकार्यमा वृक्षारोपण कार्य सकिएको छ । 

७० प्रतिशत विरुवा जिवीत राख्न सकेमात्र सडक छेउछाउ हरियाली हुने र किसानलाई पशुपालनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ । नगरपालिकाले सडक छेउछाउमा गरिएको वृक्षारोपण नयाँ र अरुका लागि जिल्लामा सिक्न लायक काम हुने सरोकारवालाको प्रतिक्रिया छ ।

समुहमा नेपाली सेना, नेपाल प्रहरी, मालिका उमावि, स्थानिय, टोल सुधार समितिका पदाअधिकारी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र पत्रकारहरु रहेका थिए । वृक्षारोपण कार्यक्रममा नगर प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी चेतराज बराल, समरजीत गुल्मका गुल्मपति, प्रहरी नायव उपरिक्षक सागर बोहराल, बडिमालिका नगरपालिका वडा नं ९ का वडाअध्यक्ष बिनोद कुमार बिक, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ