arrow

सकियो विश्वकपमा मेस्सी महात्म्य !

logo
प्रकाशित २०७५ असार १७ आइतबार
messi-2018.jpg

काठमाडौं । सम्भवतः अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीको विश्वकप फुटबल यात्रा सकिएको छ । उनी अब विश्वकपमा खेलाडीका रुपमा कहिल्यै देखिने छैनन् । 

३१ औं जन्मोत्सव गत जुन २४ तारिखमा मनाएका उनी अर्को विश्वकपसम्म टिममा अट्ने सम्भावना छैन । उनी त्यति धैर्यशाली छन् भन्ने कल्पना गर्न सकिन्न । 

सन् २०१६ मै उनले राष्ट्रिय टिमबाट राजीनामा दिएका थिए । कोपा अमेरिकाको फाइनलमा चिलीसंग पराजित भएपछि मेस्सीले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

राष्ट्रिय टिमबाट सन्यास लिएका उनलाई पछि टिममा बोलाइयो । त्यसपछि पनि विश्वकप छनोटमा निकै संघर्ष गर्नुपर्यो । अन्तिम खेलमा इक्वेडरसंग ‘डु अर डाइ’ को अवस्थामा मेस्सीले नै ह्याट्रिक गरेर टिमलाई जिताएका थिए । 

विश्वकपमा भने मेस्सीको प्रदर्शन राम्रो रहेन । पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसंग १–१ को बराबरी खेल्नुअघि पेनाल्टीसहित १० प्रहारमा कुनै चमत्कार देखाउन नसक्नुले नै मेस्सीलाई तल खसालेको थियो । 

क्रोएसियासंग ३–० को लज्जास्पद हारले मेस्सीलाई थप गिरायो । तर पनि विश्वास थियो कि अन्तिम खेलमा विश्वकपको छनोट जसरी नै मेस्सी फर्किने छन् । 

नभन्दै मेस्सी फर्किए । १४ औं मिनेटमा आकर्षक गोल गरे । त्यो गोल त्यतिबेला फिका सावित भयो जतिबेला नाइजेरियाले पेनाल्टीमार्फत ५१ औं मिनेटमा गोल गर्यो । 

अर्जेन्टिनालाई राउन्ड अफ सिक्सटिनमा पुग्न जितको विकल्प थिएन । ८६ औं मिनेटमा गोल गरेर अर्जेन्टिनाले राउन्ड अफ सिक्सटिनमा ठाउँ बनायो । 

राउन्ड अफ सिक्सटिनमा अर्जेन्टिनाको भिडन्त फ्रान्ससंग पर्यो । फ्रान्सलाई अर्जेन्टिनाले सन् १९३० मा हराएको थियो र फाइनलमा पुगेको थियो । सन् १९७८ मा हराएको थियो र उपाधि जितेको थियो । 

विश्वकपको त्यो इतिहास अर्जेन्टिनाले राख्न सकेन र फ्रान्ससंग ४–३ को हार बेहोर्यो । २–१ ले अग्रता लिएर पनि अग्रतालाई कायम राख्न सकेन । लगातार तीन गोल खायो । अन्तिम समयमा थपेको गोलले कुनै अर्थ राखेन ।

अर्जेन्टिनाको खेल गोलपिकर र डिफेन्डरहरुविहिन जस्तै थियो । फ्रान्सले गरेका आक्रमण प्रायः सफल भए । सुरुआतमै एन्टोइने ग्रेजम्यानले प्रहार गरेको बल पोष्टको बारमा ठोक्किएर नफर्किएको भए गोल अझै बढी हुने थियो । 

विश्वका उत्कृष्ट फुटबलर मध्येका एक मेस्सी केवल विश्वकपमा एक गोलमै रोकिए । उनले फ्रान्सविरुद्ध गोलका लागि एक पास दिएका थिए । त्यसबाहेक मेस्सीको कुनै काम देखिएन । 

मेस्सीले जति सके गरे । एकजना खेलाडीलेमात्र टिमलाई माथि पुर्याउन सक्ने होइन । प्रायः बुढा खेलाडीहरुले भरिएको अर्जेन्टिना अगाडि बढ्न ‘डिजर्भ’ गर्ने टिम थिएन । 

विश्वकपमा मेस्सी महात्म्य सकिएको छ । उनले यसअघिको २० औं संस्करणको विश्वकपमा चार गोल गरेका थिए । उनले रुस विश्वकपको २१ औं संस्करणमा केवल एक गोल गरे । 

अझ उनले अहिलेसम्म खेलेका विश्वकपका नकआउट चरणमा कुनै पनि गोल गर्न सकेनन् । 

सन् २००६ बाट विश्वकपमा देखिएका मेस्सीले उक्त विश्वकपमा ३ खेलमा १ गोल गरे । २०१० मा ५ खेलमा एक गोल पनि गरेनन् । २०१४ मा ७ खेलमा ४ गोल गरे । र, २०१८ मा १ गोलमात्र । 

विश्वका चर्चित खेलाडीले १९ खेलमा केवल ६ गोल गरे । यसरी विश्वकपमा खेलाडी जीवन सकिएको छ सन् १९८७ जुन २४ तारिखमा अर्जेन्टिनाको रोसारिओमा जन्मिएका लिओनल एन्द्रेस मेस्सी कुस्सीटिनीको । 

अब मेस्सीलाई सम्भवतः स्पेनिश क्लव बार्सिलोनामा मात्र देख्न पाइने छ ।  
Lionel Messi's World Cup dream is over after France eliminate Argentina in the round of 16

The dejected Argentina star faces the possibility of never winning a football's biggest prize

Messi has also failed to score in eight knockout games at the World Cup for Argentina

The 31-year-old looks at the turf after Argentina are eliminated from the World Cup in Kazan

Messi is consoled by France striker Kylian Mbappe following France's stunning 4-3 victory

Mascherano was Argentina's most capped player after appearing 146 times for his country

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ