arrow

एम्बाप्पे जसले गरे पेलेको रेकर्ड बराबरी 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
mbappe.jpg

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे बल्ल १९ वर्षका भए । तर उनी रेकर्ड बनाउने मामलामा अगाडि बढेका छन् । उनले शनिबार राति अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले हराउँदा २ गोल गरेका थिए । यही गोलले उनलाई ब्राजिलियन फुटबल लिजेन्ड पेलेसंग तुलना गर्न मद्धत पुग्यो । 

कम उमेरमा नकआउट चरणमा दुई गोल गर्ने कीर्तिमानसंग एम्बाप्पेले पेलेको बराबरी गरेका हुन् । पेलेले १८ वर्षको उमेरमा सन् १९५८ को विश्वकपमा नकआउट चरणमा २ गोल गरेका थिए । त्यो कीर्तिमान एम्बाप्पेले बराबरी गरे । 

सो विश्वकपमा पेलेले ६ गोल गरेका थिए। एम्बाप्पेले जारी विश्वकपमा ४ खेलमा ३ गोल गरिसकेका छन् । उनको भविष्य भर्खर सुरु भएकाले आगामी विश्वकपमा त उनी देखिने छन् नै यही रुस विश्वकपको क्वार्टरफाइनलमा पुगेपछि अझ बढी रेकर्ड नबनाउलान् भन्न सकिन्न । 

एम्बाप्पेमा यस्तो तीव्र गतिमा दौडेर गोल गर्ने क्षमता छ कि जसले गर्दा विपक्षीलाई ‘जिल’ पार्न सफल भएका छन् । 

सन् १९९८ डिसेम्बर २० मा फ्रान्सको बोन्डीमा जन्मेका एम्बाप्पे मोनाकोबाट पिएसजीमा लोनमा व्यवसायीक खेल खेल्दै आएका छन् । 

Kylian Mbappe was the bright young star in France's World Cup last-16 victory over Argentina

Mbappe became the first teen to score multiple goals in a knock-out game since Pele in 1958

Mbappe's blistering pace left the Argentina defenders chasing shadows in Kazan on Saturday

The 19-year-old's athleticism was too much to handle and led to France's opening goal

Mbappe's more senior strikers such as Antoine Griezmann (left) paled in comparison

View image on Twitter

The Paris Saint-Germain star was first to react to put the French 3-2 up in the second half

He weaved in and out of the Argentina defenders throughout the game and was a menace



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ