arrow

केसीसहित मानवअधिकारवादीको टोलीले पुग्यो गंगामायालाई भेट्न

logo
प्रकाशित २०७५ असार १७ आइतबार
gangamaya.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले  द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेकी  गंगामाया अधिकारीलाई भेटेका छन् । मानवअधिकारवादीको टोलीसहित आइतबार  वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामायालाई भेटेका हुन् ।

 
गंगामायालाई भेट्न मानवअधिकारवादी कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए । उनिहरुले गंगामायाको खस्किँदो स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग माग गरेका छन् ।  

गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो । छोराको न्यायका लागि अनशन बस्दाबस्दै उनका पिता नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ