arrow

विश्वकपमा हिटलर प्रथाको अन्त्य

logo
युबराज रेग्मी ,
प्रकाशित २०७५ असार १७ आइतबार
worldcup-2018-2.jpg

झापा । सन १९३० मा उरुग्वेले प्रथम पटक विश्वकप उचाले पश्चात क्रमश केही शक्ति राष्ट्रले विश्वकपप्रति दबदबा कायम राखेका थिए । विश्वकप २०१८ सम्म आइपुग्दा धेरै आरोह अवरोहका उदाहरण तपाईं हामी सामु छर्लङ्ग भएको छ । तर अब त्यो ईतिहास पुरानो भएको छ ।

केही नयाँ राष्ट्रहरु विश्वकप मैदानमा हाजिर भएका छन, साथै फुटवलको सन्दर्भमा शक्ति राष्ट्र्र मानिने देशहरु भने एक दुई गरि घर फिर्ता हुनेक्रम जारी छ । छनौट चरण पार गर्न नसकी साबिक बिजेता जर्मनी घर फर्किसकेको छ । आफुलाइ विश्वकपको दर्बिलो दाबेदारी मान्ने र करोडौं समर्थक भएको अर्जेन्टिना पनि फ्रान्सका सामु कमजोर बन्दै देश फिर्ता भएको छ। उता चर्चित खेलाडी समाबेस भएको पोर्चुगल र स्पेन पनि एकाएक बाहिरिदा यस बर्षको विश्वकप केही खल्लो हुने फुट्बल प्रेमिहरु बताउँछन्।

अर्कोतर्फ एसियाबाट जापानले दोस्रो चरण प्रवेश गर्दा खेलकुदको महत्वपुर्ण पाटो अनुशासन भन्ने बिधा पनि जिबितै रहन पुग्यो। यदि जापानले अनुशासनलाई नअंगालेको भए सन २०१८ को दोस्रो चरणको यात्रा सम्भब थिएन ।

विश्वकप पर्वमा विश्वभर नै मानिसहरु एकआपसमा म यो टिमको उ त्यो टिमको भनी अड्कल बाजी र दाउ राखी खेल बाहिरको अर्को नाटकिय खेलमा रुमल्लिएको पनि हामीले प्रसस्त देखेका र अनुभव गरेका छौ ।

फिफाले विश्वभरका मानिस जम्मा गराएर आपसी मेलमिलाप र सद्भाव कायम राख्न आयोजना गरिएको खेल वास्तविकतामा आइपुग्दा झेलको अवस्थामा पुगेको छ। विश्व युद्धले तहस नहस बनाएको अवस्थामा सम्बन्ध सुधारको माध्यम बनोस भन्ने धारणा अनुरुप संचालित विश्वकपको मर्मलाई बिचलित हुन नदिइ आपसी भाइचारा र सद्भाव कायम होस । खेल भनेको तन्दरुस्ति मनोरन्जन र स्वास्थ्यको माध्यम बनोस । सबैमा शुभकामन । (कृषि क्याम्पस मोड गौरादह नगरपालिक झापा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ