arrow

आफ्नो टोलीले हार्दा समर्थकमा कस्तो पर्छ प्रभाव, चिकित्सकको यस्तो सुझाव

logo
प्रकाशित २०७५ असार १७ आइतबार
worldcup.jpg

काठमाडौं । रुसमा विश्वकप फुटबलको २१ औं संस्करण चलिरहेको छ । नेपालमा पनि धेरै फुटबल प्रेमीहरुले जारी विश्वकपलाई नियालिरहेका छन् । जारी विश्वकपमा कुल ३२ वटा टीमको सहभागीता रहेकोमा कतिपय टोलीहरु बाहिरी सकेका छन्  ।
 
यसैक्रममा शनिबार देखि प्रि– क्वाटर फइनलका खेलहरु सुरु भएका छन् । शनिबार फ्रान्स र अर्जेन्टिना तथा पोर्चुगल र उरुग्वेको बीचमा खेल भएको थियो । नेपालमा अजेन्टिना र पोर्चुगलका धेरै समर्थकहरु छन् । शनिबारका खेलहरुमा अर्जेन्टिना र पोर्चुगलले आ–आफ्नो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिन पुगे ।

उक्त दुई टोलीहरु बाहिरिएसँगै ती दुई टोलीका समर्थकहरुमा निराशा छाएको छ । उक्त हारसँगै दुबै टोलीका केही समर्थक रहेका बालबालिकाहरु रोएको भिडियो समाजिक सन्जालमा फैलिएको छ । अझै नेपालमा धेरै समर्थकहरु रहेका टोलीहरुको खेल बाँकी नै छ ।
यस्तोमा विश्वकप फुटबलमा आफुले समर्थन गरेको टीम हार्न पुग्दा समर्थकको स्वास्थमा कस्तो प्रभाव पार्ला त ?

मनोचिकित्सकको सुझाव :
आफ्नो समर्थन रहेको टोली हार्दा समाजिक सन्जालमा बालबालिकाहरु रोएको भिडयो फैलिएपछि चिकित्सकहरुले केही बालबालिकालाई बढी तनाव नलिन सुझाव दिएका छन् ।

त्रिवि शिक्षण अस्पताल महराजगञ्जका मानसिक रोग शाखा प्रमुख डा. सरोज ओझाले अभिभावहरुले बालबालिकाहरुलाई सम्झाई बुझाई गर्नु पर्ने र धेरै इमोसनल नहुन सुझाव दिए । जित र हार खेलको सिद्धान्त नै भएको भन्दै यसलाई सामान्य रुपमा लिनु पर्ने र इमोसनन भएर बालबालिकाहरु रोएमा अभिभावकले सम्झाउनु पर्ने डा. ओझाको सुझाव थियो ।

खेलको विषयलाई लिएर बालबालिकाहरु धेरै चिन्तित भएमा भविष्यमा उनीहरुको  मनोविज्ञानमा असर पार्न सक्ने उनले बताए । ‘इमोसनल भएर बालबालिकाहरु तथा कतिपय फ्यानहरुको आँखामा आँसु आउनु स्वभाविकै हो’ उनले भने, ‘यस्ता कुराहरुलाई दीर्घकालीन बनाइनु हुँदैन, ।’

इमोसनल भएर केही समयमै सामान्य आवस्थामा आएमा दीर्घकालीन रुपमा असर नगर्ने र लामो समयसम्म चिन्तित रहेमा भविष्यमा असर गर्न सक्ने उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ