मैनबत्तीको उज्यालोमा न्याय खोज्दै डा केसी, बत्ती नभएको हलमा मैनबत्ती बालेर कटाइरहेछन् रात
दिसा पिसावको गन्धमा केसीलाई अनशन बस्न पारियो वाध्य
प्रकाशित २०७५ असार १७ आइतबार
491
Shares
जुम्ला। सार्वजनिक हितका लागि जुम्ला पुगेर अनसन बसेका डा गोविन्द केसीलाई सरकारले न्यूनतम ध्यान समेत दिएको छैन। वत्ती, पानी केहि नभएको कवर्ड हलमा नाकसम्म आउने दिसा पिसावको गन्धमा डा केसी अनशन बस्न वाध्य भएका छन्।
बिजुली बत्तीको समेत व्यवस्था नभएको हलमा जवर्जस्ती लगेर थन्क्याइएका केसी रातको समयमा मैनवत्तीको सहारामा बस्न वाध्य भएका छन्। कवर्ड हलको चीसो छिडीमा बस्दा उनी विरामी पर्दै गएका छन्। केसीको स्वास्थ्य विग्रँदा समेत प्रहरी प्रशासनले उपचारका लागि अस्पताल लान दिएको छैन।
बरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक चिकित्सकलाई त्यहाँ गएर हेरविचार गर्न भनेको छ । तर, कवर्ड हल बाहिर फोहर छ । साह्रै गन्हाउँछ । झ्याल खोल्न मिल्दैन । भित्र बत्ति पनि छैन ।
अनशनमै रहेका डा केसीले सत्य र न्याय हराएको बेला सत्यको पक्षमा संसदमा बोलि अडान राखेकोमा सांसद गगन थापाप्रति कृतज्ञता जनाउँदै अडानबाट पछाडि नहट्न आग्रह गरेका छन्।
प्रतिष्ठानले डा केसीको उपचारका लागि डा प्रविण गिरीको संयोजकत्वमा तीनजना डाक्टरलाई खटाएको छ। खुला हलमा थुनुवा सरह सुताईएका छन् डा केसी । उपचारमा खटिएका डा।प्रवीण गिरीले भनेका छन्, हामी त नाक थुनेर बसिरहेका छौं, यस्तो हलमा उपचार सम्भव छैन ।’ उनले अगाडि भनेका छन्, ‘ यस्तो फोहोर ठाउँमा उपचार गर्न सकिँदैन, हलभित्र दिसा र पिसाबको मात्रै गन्ध आइरहेको छ ।’ बत्तीको व्यवस्था छैन, अस्पतालमा लिएमा मात्रै उहाँको उपचार हुन्छ । प्रशासनले अस्पताल लैजान दिएको छैन, उनले भने ।
शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रहरी नायव उपरीक्षक । तपन दाहाल आफैंले पक्राउ गरी डा। केसीलाई प्रहरी कार्यालयमा राखेका थिए । प्रहरीको हिरासतबाटै अनशनको घोषणा गरेपछि डा।केसीलाई डिएसपी दाहाल आफैंले सुरक्षा घेरामै कवर्ड हलमा ल्याएर राखे । उनलाई हलमा राखेर उनी फरार जस्तै भए । आइतबार दिनभर कतै देखिएनन् । सम्पर्क गर्दा पनि उपलब्ध भएनन् ।
तर, डा केसीलाई कवर्ड हलमा पनि प्रहरी पहरा छ। डिएसपी दाहाल मोबाइल बन्द गरेर बसेका छन् । सीडीओ सा’व त झन् फोन उठाउँदैनन् । सरकारले घोषणा गरेको निषेधित क्षेत्र नहटाएसम्म डा।केसीले पनि अस्पताल नजाने बताएका छन् । स्थानीय प्रशासनले गृह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि दुई सय मिटरभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
यसैबीच अनशनमै रहेका डा केसीले सत्य र न्याय हराएको बेला सत्यको पक्षमा संसदमा बोलि अडान राखेकोमा सांसद गगन थापाप्रति कृतज्ञता जनाउँदै अडानबाट पछाडि नहट्न आग्रह गरेका छन्।