arrow

नाटकीय खेलमा क्रोएसियासँग डेनमार्क पराजित

logo
प्रकाशित २०७५ असार १८ सोमबार
Croatia_denmark.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको चौथो प्रिक्वार्टरफाईनलमा क्रोएसियाले डेनमार्कलाइ पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ।

टाईब्रेकरमा गएको खेलमा क्रोएसियाले डेनमार्कलाई ३-२ गोलले पराजित गरेको हो।  क्वार्टरफाईलमा क्रोएसियाले आयोजक रसियाको सामना गर्नेछ। 

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीको तर्पबाट १-१ गोल भएको थियो। खेलको सुरुवात नाटकीय ढंगले भएको थियो। खेलको पहिलो मिनेटमा माथियास जोरगेनसनले डेनमार्ककालागि गोल गरेका थिए भने चौथो मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिचले गोल फर्काएका थिए। 

निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको ३० मिनेटमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेर खेल पेनाल्टी सुटआउटमा गएको थियो। खेलको ११६औं मिनेटमा क्रोएसियाले पाएको पेनाल्टी लुका मोडरिचले गोलमा परिणत गर्न सकेका थिएनन्। डेनमार्कका गोलकिपर क्यासपर सिमाईकलले बचाउ गरेका थिए। 

पेनाल्टी सुटआउटको शुरुवात पनि नाटकीय ढंगले भएको थियो। पहिलो पेनाल्टी प्रहार गरेको डेनमार्कको शुट क्रोएसियन गोलकिपरले बचाएका थिए भने डेनमार्कका गोलकिपरले पनि पहिलो पेनाल्टी बचाएका थिए।

क्रोएसियाका गोलकिपरले ३ पेनाल्टी बचाएका थिए भने क्रोएसियाका किपरले २ पेनाल्टी बचाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ