arrow

विश्वकपमा सोमबार ब्राजिल र बेल्जियमको नाडी छामिँदै

logo
प्रकाशित २०७५ असार १८ सोमबार
russia-2018.jpg

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा सोमबार दुई प्रिक्वार्टरफाइनलका खेलहरु हुँदैछन् । बेलुकी पौने ८ बजे विश्वकपको सर्वाधिक सफल टिम ब्राजिल र मेक्सिको भिड्दै छन् । 

पाँच पटकको विजेता ब्राजिल समूह ई को समूह विजेता हो । ब्राजिलले समूह चरणमा स्वीट्जरल्याण्डसंग १–१ को बराबरी खेलेको थियो भने कोस्टारिकालाई २–० ले हराएको थियो । अन्तिम खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो । तर गोल गर्न निकै संघर्ष गरेको ब्राजिलले अझै लय समात्न सकेको छैन । 

मेक्सिको समूह एफ को उपविजेता हो । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १–० ले तथा दक्षिण कोरियालाई २–१ ले हराएको थियो । स्वीडेनसंग भने ३–० ले हारेको थियो ।  

सोमबार रातिको दोस्रो राउन्ड अफ सिक्सटिनको खेलमा बेल्जियम र जापान खेल्दैछन् । बेल्जियम समूह जी को विजेता हो । सत्प्रतिशत नतिजा निकाल्ने विरलै टिममा बेल्जियम पनि पर्छ । बेल्जियमले समूह चरणमा इंगल्याण्डलाई १–० ले, पानामालाई ३–० ले र ट्युनिसियालाई ५–२ ले हरायो । 

जापान समूह एच को उपविजेता हो । सबैभन्दा फेयर प्लेमा अब्बल जापान फेयर प्लेकै कारण सेनेगललाई पछाडि धकेलेर राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाएको हो । 

जापानले समूह चरणमा समूहको विजेता कोलम्बियालाई २–१ ले हराएको थियो । त्यस्तै सेनेगलसंग २–२ को बराबरी खेल्दा पोल्याण्डसंग १–० ले हारेको थियो । बलियो बेल्जियमसंग टिक्न जापानलाई मुस्किल पर्ने भए पनि अनुशासित टिमले सजिलै खेल सुम्पने अवश्य छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ