arrow

विश्वकपमा फरक नतिजा, इनिष्टाले पनि लिए सन्यास

logo
प्रकाशित २०७५ असार १८ सोमबार
iniesta1.jpg

काठमाडौं । विश्वकप फुटबलमा अनपेक्षित नतिजा भोग्न वाध्य भएपछि पाका खेलाडीहरुले धमाधम अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन थालेका छन् । त्यो समूहमा स्पेनिस खेलाडी आन्द्रेस इनिष्टा पनि परेका छन् ।  

विश्वकप फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलमा कमजोर मानिएको रुससंग पेनाल्टी सुटआउटमा पराजित भए पनि इनिष्टाले सन्यास लिएका हुन् । उनले पेनाल्टीमा पहिलो गोल गरेका थिए । 

३४ वर्षीय मिडफिल्डर इनिष्टा स्पेनी फुटबलको पिलर मानिन्छन् । स्पेनले सन् २०१० को विश्वकप उपाधि उचाल्दा उनी प्रमुख खेलाडी थिए । उनले स्पेनको जर्सीमा १ सय ३० खेल खेलेका थिए । 

१३ अन्तर्राष्ट्रिय गोलसमेत गरेका इनिष्टाले दुई पटक टिमलाई युरोपकप पनि जिताएका थिए । 

उनले सन् २०१० को विश्वकपको फाइनलमा पनि नेदरल्याण्डविरुद्ध गोल गरेका थिए । 

The 34-year-old looks on in shock as his Spain career comes to an end in terrible fashion

Iniesta converts his penalty during against Russia before Spain exited the World Cup

Iniesta exits the humid Luzhniki Stadium as Spain are sent home early from the tournament

Iniesta scores a crucial goal in Spain's 2010 World Cup final win over Holland 

Hierro embraces Iniesta before conceding they've lost one of the greatest in their history



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ