arrow

नेयमारमा टिकेको ब्राजिल, के गर्लान् बँचेका एक हिरोले 

दंग हेयर स्टाइल बनाउँदै

logo
प्रकाशित २०७५ असार १८ सोमबार
neymar8.jpg

काठमाडौं । विश्वकप फुटबल सुरु हुनुअघिका तीन हिरो सबैको मुखमा झुण्डेका थिए । तीन हुन् लिओनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमार । 

अर्जेन्टिना र पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका छन् । योसंगै मेस्सी र रोनाल्डो बाहिरिए । अब नेयमार बाँकी छन् । 

ब्राजिलले सोमबार खेल्दै गर्दा नेयमारको के हुन्छ भन्ने चासो सर्वत्र छ । तर नेयमार भने रोनाल्डो र मेस्सीभन्दा कुल देखिएका छन् । 

फ्रेन्च क्लव पीएसजीबाट प्रोफेसनल खेल खेल्दै आएका यी स्टारले सोमबार मेक्सिकोसंग खेल्नुपूर्व आफ्नो हेयर स्टाइल मिलाएका छन् । 

कपाललाई ट्रिम गरेका नेयमारले समूह चरणमा खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । अब राउन्ड अफ सिक्सटिनमा ब्राजिलले राम्रो खेलेन भने उसको पनि पालो घर जाने नै हुनेछ । 

पाँच पटकको विश्वकप विजेता ब्राजिल सबैभन्दा सफल टिम हो । तर ब्राजिलले पछिल्ला तीन संस्करणमा राम्रो खेल्न सकेको छैन । सन् २००२ को विश्वकप जितेपछि ब्राजिल सुस्ताएको छ । 

यस्तोमा चर्चित फुटबलर नेयमारले के गर्लान् भन्ने चासो सर्वत्र छ । ब्राजिल पनि विश्वकपबाट आउट भयो भने खेलाडीको फ्यान भएर विश्वकप हेर्नेहरु घट्ने छन् भने टिमको समर्थकमात्र रहने विश्लेषण गर्न थालिएको छ । 

गत फेबु्रअरी २५ मा घाइते भएपछि मैदानमा नउत्रिएका नेयमार एकैपटक विश्वकपमा देखिएका हुन् ।  
The Brazil striker ditched his blonde locks for a more conservative look in training 

The PSG star has yet to find his best form and registered one goal in the group stage

Neymar had been criticised for his flamboyant blond curls in previous matches 

Neymar carries the hopes of a nation as Brazil prepare to take on Mexico in the last 16

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ