बबई नदीले सतर्कता तह पार गर्यो, सतर्क रहन सर्वसाधारणमा अपील
प्रकाशित २०७५ असार १८ सोमबार
283
Shares
काठमाडौं । बर्दियाको बबईको चेपाङमा जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार बिहान ११ बजे सतर्कता तह पार गरेकाले सतर्क रहन जल तथा मौसम बिज्ञान बिभाग बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
बर्षा हुने क्रम जारी रहेकाले केही समय पछि खतरा तह आसपास पुग्ने संभावना रहेकाले शाखाले बर्दियाका बबई तटिय क्षेत्रका आम सर्वसाधारणलाई मध्यरात सम्मनै सतर्क रहन अनरोध गरेको हो ।