arrow

फुटबलप्रेमी नेपालीले फहराए रुसको रङ्गशालामा नेपाली झण्डा

logo
प्रकाशित २०७५ असार १८ सोमबार
nepali-in-russia.jpg

काठमाडौं । विश्वकप फुटबल हेर्न रुस पुगेका नेपाली फुटबलप्रेमीले नेपाली झण्डा फहराउँदै फुटबल हेरेका छन् । विश्वकप फुटबल हेर्न रुस पुगेका अखिल नेपाल फुट संघ (एन्फा) का उपाध्यक्ष पंकज नेम्वाङ सहितको टोलीले रङ्गशाला भित्रै नेपाली झण्डा फहराएर फुटबल हेरेका हुन् । टोलीमा उपाध्यक्ष नेम्वाङ, दीपक गौतम, टङ्क गजुरेल र विप्लव कोइराला लगायत तीन दर्जन बढी नेपालीहरुको सहभागिता रहेको थियो ।

टोलीले रुस र स्पेनबीच भएको प्रि–क्वाटर फाइनल खेल रङ्गशाला भित्रै नेपाली झण्डासहित मादल बजाएर रमाइलो गर्दै हेरेको थियो । टोलीमा सहभागीहरुले रुसमा जारी विश्वकपमा रुस र स्पेनबीच भएको प्रि–क्वाटर फाइनल खेल नेपालको मौलिक बाजा सहित हेरिएको भन्दै खुसी व्यक्त गरे । 

उनीहरुले रङ्गशाला भित्रै नेपाली झण्डासहित मादल बजाएर नेपालीहरु फुटबलका गतिला फ्यान भएको सन्देश दिएका  छन् । त्यस्तै मौलिक बाजा मादलको प्रचार प्रसार गर्दै नेपालको मौलिक बाजालाई विश्वसामु चिनाउने प्रयास समेत गरिएको टोलीले बताएको छ ।

आगामी विश्वकपहरुमा नेपाललाई पनि सहभागी भएको देख्न पाउने र नेपाली टोलीको समर्थन सहित हौसला दिन पाउने आशा उक्त टोलीको रहको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ