arrow

बेल्जियम बिरुद्ध जापानको उच्चस्तरीय प्रदर्शन तर पराजित

बेल्जियमले क्वार्टरफाईनलमा ब्रजिलको सामना गर्ने

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
Belgium_japan.jpg

काठमाडौं। बेल्जियमले नाटकीय प्रतिस्पर्धात्मक खेलमा जापानलाई ३-२ले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। बेल्जियमले क्वार्टरफाईनलमा ब्रजिलको सामना गर्नेछ । 

प्रि-क्वार्टरफाईनलको खेलमा पहिलो हाफ गोल रहित बरारबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले कुल ५ गोल गरेका थिए। 

खेलको ४८औं मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई १-०को अग्रता दिलाएका थिए भने ५२औं मिनेटमा ताकासी ईनुईले गोल गर्दै २-०को अग्रता दिलाएका थिए। दोस्रो हापमा २ गोलको अग्रता लिएको जापान क्वार्टरफाइनल प्रवेश गर्ने आंकलनहरु शुरु हुन थालिसकेको थियो। 

खेलको ६९औं मिनेटमा जान भेर्टोन्गेनले गोल गर्दै बेल्जियमकालागि जापानसँगको गोल फरक २-१ पारेका थिए। त्यसैगरि ७४औं मिनेटमा मारुने फेलानीले गोल गर्दै खेल २-२को स्थितीमा ल्याएका थिए। 

जापान र बेल्जियमका बिच खेल प्रतिस्पर्धात्मक भेरहेको समयमा थप समयमा खेल जाने आंकलन भैरहेको बेलामा बेल्जियमले तेस्रो गोल गर्दै आफ्नो जित सुनिश?चित पारेको थियो। ९४औं मिनेटमा नासेर छाद्लीले गोल गर्दै बेल्जियमलाई जित दिलाएका थिए। 

विश्वकपको दाबेदार मानिएको बेल्जियमले जापानलाई सजिलै पराजित गर्छ भन्ने आंकलनलाई गलत साबित गर्दै जापानले कडा टक्कर दिएको थियो। बेल्जियम ०-२को स्थितीबाट जितमा आउन बेल्जियमको अग्रपंक्तिले आख्रमक खेल खेलेको थियो। क्वार्टरफाइनलमा बेल्जियमले ब्रजिलको समाना गर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ