arrow

नेयमारः ‘हिरो विन एट लास्ट’

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
neymar10.jpg

काठमाडौं । विश्वकप फुटबलका आकर्षण तीन खेलाडी थिए विश्वकप फुटबल सुरु हुनुअघि । लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमार । 

यी तीन खेलाडीले नै विश्वको चर्चित अवार्डमाथि प्रतिस्पर्धा गर्ने गर्छन् ‘फिफा वर्ष खेलाडी’ को । तर मेस्सी (अर्जेन्टिना) र रोनाल्डो (पोर्चुगल) रुस विश्वकपको राउन्ड अफ सिक्सटिनबाटै बिदा भए । 

बँचेका नेयमार यी तीन खेलाडीमा सबैभन्दा कमजोर मानिन्थे । स्पेनिस क्लवबाट फ्रेन्च क्लव पीएसजीमा गएपछि उनले धेरै खेल खेल्न पाएका थिएनन् । घाइते भए । र तिनै नेयमार गत फेब्रुअरी २५ तारिखदेखि आरामरत थिए । उनको अप्रेशन पनि भयो । 

नेयमारले विश्वकप खेल्ने सम्भावना न्यून थियो । तर ब्राजिलको टिम र उनका फ्यान निकै विश्वस्त थिए । आशीर्वाद लाग्यो । नेयमार खेल्न पाए । 

पहिलो खेलको तुलनामा दोस्रो र दोस्रोको तुलनामा तेस्रो खेलमा उनी फर्ममा फर्कदै गए । नभन्दै चौथो अर्थात् सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा त उनी हिजोजस्तै भए –वान म्यान शो ।

समूह चरणमा कोस्टारिका विरुद्ध गोल गरेर रुस विश्वकपमा खाता खोलेका नेयमारले मेक्सिको विरुद्धको राउन्ड अफ सिक्सटिनको खेलमा २–० ले ब्राजिलले जित्दा नेयमारले एक गोल गरे भने एक गोलका लागि पास दिएका थिए । 

नेयमार तिनै खेलाडी हुन् जसले इन्जुरीलाई जितेर मैदानमा आए । अहिले उनी एक्ला हिरो बनेका छन् । 

जुन गतिले ब्राजिलले खेल्न थालेको छ सम्भवतः ब्राजिल उपाधिको मुख्य दावेदार हो । 

पूर्व विजेता टिमहरु अर्जेन्टिना, जर्मनी र स्पेन बाहिरिएका छन् । यस्तोमा ब्राजिलमाथि पनि प्रश्न चिन्ह खडा भएको थियो । तर पाँच पटकको च्याम्पियन ब्राजिलले जितसहित जवाफ दिएको छ । 

नेयमार जतिसुकै घाइते भए पनि प्रिक्वार्टरमा फुलटाइम खेले । यसको मतलव हो उनको अबको भिडन्त हुने राष्ट्रले पनि नेयमारलाई कसरी रोक्ने भन्ने रणनीति बुन्दाबुन्दै खेलबाट हात धुनेछ र नेयमार सेमिफाइनलमा पुग्नेछन् । 
Neymar provided the assist after bursting clear down the right before hitting an early ball into Firmino's path

Gabriel Jesus (right) nearly managed to get a boot on it but fortunately Neymar was on hand to score the opener 

Neymar looked to be reaching some of his best form and looked a constant threat for Brazil, tormenting the defence 

At full stretch Neymar managed to redirect the ball into the net after Guillermo Ochoa had been beaten by the cross

 

On the sidelines by the dugout a number of players and officials surrounded Neymar who clutched his legNeymar draws the attention of two defenders as he looks to show his skill and escape from the challenges 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ