arrow

‘फेयर प्ले’ टिम जापानले ‘मन’ जित्यो ‘गेम’ जितेन 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
japan3.jpg

काठमाडौं । फिफाको आदर्श बमोजिम सम्मान खाएको ‘फेयर प्ले टिम’ (फेयर प्लेकै आधारमा राउन्ड अफ सिक्सटिनमा पुगेको) जापानले मन जिते पनि खेल जित्न नसक्दा अन्त्यमा राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । जापान बेल्जियमसंग नाटकीय ढंगले ३–२ ले पराजित भएको हो । 

जापानले २–० ले अग्रता लिएर पनि त्यसलाई बचाउन नसक्दा हार नै बेहोर्न पुग्यो । पहिलो हाफमा गोल हुन सकेन । दुवै टिमको प्रहार विफल भयो । डिफेन्सिफ मजबुद गरेको जापानले गोल पनि गर्न दिएन । 

तर दोस्रो हाफको सुरुआतमै आक्रामक बनेको जापानले लगातार दुई गोल गर्यो । खेलको ४८औं मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाए । त्यसको चार मिनेटमै ताकासी इनुईले गोल गर्दै २–०को अग्रता दिलाए । 

योसंगै जापानले क्वार्टरफाइनल यात्रालाई मजबुद बनायो । समूह चरणमा सतप्रतिशत नतिजा ल्याएको बेल्जियम समस्यामा पर्यो । तर जापानले २–० ले अग्रता लिएर पनि आफ्नो डिफेन्स लाइनलाई कडा पार्न सकेन र अन्ततः टुट्यो । 

खेलको ६९औं मिनेटमा जान भेर्टोन्गेनले गोल गर्दै बेल्जियमका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटमै मारुने फेलानीले गोल गर्दै खेल २–२ को स्थितिमा ल्याए । 

खेल एक्स्ट्रा टाइममा जाँदै थियो । तर ६ मिनेट थपिएको समयको चौथो मिनेटमा नासेर छाद्लीले गोल गर्दै बेल्जियमलाई जिताए । बेल्जियमको काउन्टर एट्याक सफल भयो । 

बेल्जियमा विश्वकपको उपाधि दावेदार हो । जापानले भने निकै टक्कर दियो । त्यो टक्कर केवल ९० मिनेटका लागि मात्र देखियो । 

एसियाको एकमात्र टोली राउन्ड अफ सिक्सटिनमा पुगेको थियो । खेल बेल्जियमले त जित्यो तर मन भने जापानले नै जितेको छ । अनपेक्षित रुपले लिएको अग्रता बचाउन सकेको भए जापान क्वार्टरफाइनलमा हुने थियो अनि विश्वकपको दावेदार मानिएको बेल्जियम घर फर्कने थियो । 

यसअघिका दुई दिनका चारमा तीन खेलमा अनपेक्षित नतिजाहरु आइरहँदा सोमबार राति भने कुनै पनि नतिजा अनपेक्षित आएन । ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो । अबको क्वार्टरफाइनल भिडन्तमा ब्राजिल र बेल्जियम नै भिड्ने छन् । 

 

प्रिक्वार्टरफाइनल हेर्दा भने ब्राजिल बेल्जियमभन्दा अगाडि देखिएको छ । ब्राजिल पाँच पटकको च्याम्पियन हो भने बेल्जियम उपाधिको खोजीमा छ । 

Japan's No 14 (L) thunders his shot from way outside the box while Axel Witsel does his best to try and close down the effort

The Japan attacker's effort left Belgium in a heap just a couple of minutes after they conceded the first goal

 

Genki Haraguchi paused and then struck the ball into the bottom far corner as Vertonghen and Courtois are helplessHaraguchi celebrates with the Japan bench after scoring the first goal just three minutes after the restart on Monday

Japan got plenty of men behind the ball to make threats like Hazard slightly redundant for Belgium in the first half

Japan defended resolutely in the first 45 minutes as Mertens looks to get a shot away for Belgium in Rostov

Lukaku was a constant threat for Belgium in the first half as Maya Yoshida has to stretch out a leg to intercept the ball

Lukaku arguably has the first real chance for Belgium in the first half but the ball got stuck in between his feet

The Red Devils striker shows his strength as he keeps two defenders at bay inside the area as he looks to break the deadlock

Lukaku is smothered by the Japanese defenders as he looks to bring the ball down and get a shot away Hiroki Sakai (L) shrugs Vertonghen off the ball as the two defenders battle it out in the early stages of the first half

Former Manchester United playmaker Kagawa (R) keeps the ball away from Belgium's and Manchester City's De Bruyne (L)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ