arrow

विश्वकप फुटबलका अन्तिम प्रि–क्वार्टरका खेलहरु मंगलबार हुँदै, को को भिड्दै 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
russia-2018.jpg

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा राउण्ड अफ सिक्सटिनका खेलहरु मंगलबार सकिदैछन् । अन्तिम दुई प्रिक्वार्टरफाइनलका खेलहरु मंगलबार हुन लागेका हुन् । 

पहिलो खेलमा बेलुकी ७ः४५ बजे स्वीट्जरल्याण्ड र स्वीडेन खेल्दैछन् । समूह एफ बाट समूह विजेता बन्दै स्वीडेन राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

स्वीडेनले दक्षिण कोरियालाई १–० ले र मेक्सिकोलाई ३–० ले हराएको थियो । जर्मनीसंग भने २–१ ले पराजित भएको थियो । 

स्वीट्जरल्याण्ड भने समूह ई को उपविजेता हो । पहिलो खेलमा ब्रजिलसँग बराबरी खेलेको स्वीट्जरल्याण्डले दोस्रो खेलमा सर्वियालाई २–१ ले हरायो । तेस्रो तथा अन्तिम खेलमा कोष्टारिकासँग २–२ को बराबरी खेल्दै स्वीट्जरल्याण्ड राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

मंगलबार रातिको दोस्रो तथा राउन्ड अफ सिक्सटिनको अन्तिम खेलमा एक पटकको विजेता इङ्ल्यान्ड र कोलम्बिया भिड्ने छन् । 

इङ्ल्यान्ड समूह जी बाट उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराएको इङ्ल्यान्डले दोस्रो खेलमा पानामालाई ६–१ ले पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएपछि इङ्ल्यान्ड समूह उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

कोलम्बिया समूह एच को विजेता हो । पहिलो खेलमा जापानसँग २–१ ले हारेको कोलम्बियाले यसपछि पोल्याण्डलाई ३–० ले तथा सेनेगललाई १–० ले हराउँदै राउण्ड अफ सिक्सटिनमा पुगेको हो । 

पूर्व विजेताहरु धमाधम आउट हुँदै गर्दा मंगलबार पूर्व विजेताको रुपमा इङ्ल्यान्ड मात्रै बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ