arrow

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
accident-final.jpeg

सल्यान । सल्यानमा तरकारी बोकेको पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मृतक डाँगीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ भने घाइते चौधरीको अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । 

गाडी सडकदेखि करीब १०० मिटर तल खसेको छ । गाडी के कारणले पल्टियो त्यसबारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ