arrow

गोल्डेन बुटको दौडमा ह्यारी केन, कोलम्बिया जित्ने दाउमा इंगल्याण्ड

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
england-colambia.png

काठमाडौं । मंगलबार विश्वकपमा अन्तिम १६ अन्तर्गत कोलम्बिया । इंगल्याण्डको बीचमा प्रतिस्पर्धा हुँदैछ । समुह 'जी' को उपविजेता इंगल्याण्ड र 'एच' को विजेता टोलीको बीचमा नेपाली समयअनुसार राति पौने १२ बजे यो प्रतिस्पर्धा हुन लागेको हो । दुवै सशक्त टोलीहरुको बीचमा हुन गइरहेको यो प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

समुह 'जी' को उपविजेता टोली इंगल्याण्डले समुह चरणका खेलहरुमा निकै राम्रो प्रदर्शन गरेको थियो । विश्वकप जित्ने उद्देश्यका साथमा रुस आएको टोलीले समुह चरणको अन्तिम खेलमा भने बेल्जियमसँग हारको सामना गरेको थियो । विश्वकप फाइनलसम्मको बाटो केही सहज पार्नका लागि सो खेल हार्नु इंगल्याण्डको लागि केही सहज हुने थियो ।

इंगल्याण्डले समुह चरणका तीन खेलमा ८ गोल गरेको थियो भने तीन गोल खाएको थियो । यससँगै ६ अंकका साथमा यो टोली अन्तिम १६ मा पुगेको हो । इंगल्याण्डको टोली यो विश्वकपमा निकै राम्रो लयमा देखिएको छ । उसको रक्षा पंक्ति तथा मिडफिल्डमा जोडदार तालमेल देखिएको छ ।

कोलम्बियाले विश्वकपको सुरुको खेलमा नै जापानसँग पराजयको सामना गरेको थियो । यद्यपि त्यसपछिका दुई खेलमा भने कोलम्बियाले राम्रो पुनरागमन गरेको थियो । पोल्याण्ड र सेनेगलमाथि जितको नतिजा हासिल गर्दै कोलम्बियाले अन्तिम १६ को बाटो तय गरेको हो । दक्षिण अमेरिकी टोली चार वर्षअघिको विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । यो टोलीले समुहका तीन खेलमा ५ गोल गरेको छ भने २ गोल खाएको छ । यो विश्वकपमा उसका केही महत्वपूर्ण खेलाडीहरु नचलेको कारण पनि आशा गरिएअनुसारको नतिजा हासिल हुन नसकेको हो । मंगलबारको खेलमा सकारात्मक नतिजा हासिल गर्नको लागि भने कोलम्बियाले आफ्नो खेलमा सुधार गर्नुपर्ने देखिन्छ ।

हेड टु हेड
इतिहास हेर्ने हो भने अहिलेसम्म कोलम्बियाले इंगल्याण्डलाई हराउन सकेको छैन । अहिलेसम्म यी दुई टोलीहरुको बीचमा ५ पटक प्रतिस्पर्धा भएको छ । जसमा ३ खेल इंगल्याण्डले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ ।

प्लेयर्स टु वाच
जुआन फर्नान्डो क्विन्टेरियो (कोलम्बिया)

अहिलेसम्म क्विन्टेरियो कोलम्बियाको लागि क्विन्टेरियोले निकै प्रभावशाली प्रदर्शन गरेका छन् । कोलम्बियाका महत्वपूर्ण खेलाडी रोड्रिगेज हुँदा वा नहुँदाको समयमा पनि उनले आफ्नो भूमिका पूर्णरुपमा निभाइरहेका छन् । उनले क्षमता मंगलबारको खेलमा इंगल्याण्डको लागि समस्या बन्न सक्छ ।

ह्यारी केन (इंगल्याण्ड)
इंगल्याण्डका कप्तान तथा स्ट्राइकरको भूमिका मंगलबारको खेलमा निकै महत्वपूर्ण बन्नसक्छ । उनले समुहचरणको दुई खेलमा ५ गोल गरेका थिए । उनले एक खेलमा ह्याट्रिक पनि पूरा गरेका थिए । यो विश्वकपमा उनी गोल्डेन बुट पाउनसक्ने खेलाडीको सबैभन्दा अगाडि रहेका छन् । कोलम्बियालाई मंगलबारको खेलमा उनलाई रोक्नु एक चुनौती हुनसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ