arrow

खतरामा डा. केसी : उपचारमा खटिएका डाक्टरले छोडे, प्रेसरसम्म पनि जाँच हुन सकेन 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
dr-govinda-kc1.jpg

जुम्ला। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै सरकारविरुद्ध अनशनमा बसेका डा. गोविन्द केसीलाई उपचार गर्ने डाक्टरले समेत छोडिदिएका छन् । 

अहिले उनलाई हेर्ने चिकित्सक कोही छैनन् । डा. केसीलाई हेर्न भनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका डा. प्रविण गरीले सोमबार साँझैबाट छोडिदिए । प्रहरी हिरासतमा अनसन सुरु गरेकै दिन डा. केसीलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा ल्याएर छोडिदिएको थियो । 

डा. केसीलाई किन छोड्या तपाईहरुले ? हाम्राकुरासँग डा. गिरीले भने, ‘हामीले छोड्नु भन्दा अघि नै अलिकति सुविधा भएको अस्पतालमा लगेर उपचार गराऔँ भनेका थियौँ । प्रशासनले सुनेन । त्यो हलमा रहेको धुलो र बाहिरबाट आउने दुर्गन्धका कारण मोनिटर गर्नै सकिँदैन । धुलो उडिरहेको ठाउँमा स्लाईन पनि दिन मिल्दैन । अनि हामी रमिते जस्तो मात्रै भयौँ । त्यसैले हामीले उहाँलाई हेर्ने जिम्मेवारीबाट राजीनामा दिएका हौँ ।’

डा.गिरीले अगाडि भने, ‘हामी सबैले हेर्न छोड्यौँ अहिले उहाँ प्रशासनको जिम्मामा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । बाहिरबाट हेरेर के थाहा हुन्छ । राम्ररी जाँच पड्ताल गर्न त अस्पतालै लानु पर्छ। गाईगोठ जस्तो कवर्डहलमा कुनै जाँच गर्न सकिँदैन । एक मिनेटमा तलमाथि हुनसक्छ । त्यसको जिम्मा प्रशासनले नै लिने हो ।’

डा. केसीसँगै रहेका सहयोगी किशोर केसीले डा. केसीको स्वास्थ्य सोमबार भन्दा मंगलबार अझ खस्किएको बताए । उनले भने, ‘हिजोसम्म डाक्सावहरुले हेरिरहनु भएको थियो । तर, हिजो साँझ उहाँहरु जानुभएपछि रक्तचाप र पिसाबमा समस्या आएको छ । पिसाब निकै थोरै हुन थालेको छ । उहाँ आफैले भनेका भरमा रक्तचापमा समस्या आएको भनिरहेका छौँ । राम्ररी प्रेसरसम्म जाँच्न पाईएको छैन । सर एकदमै खतरामा हुनुहुन्छ ।’ यस्तो धुलोमा स्लाईन दिन पनि मिल्दैन ।

केसी कसको जिम्मामा हो अहिले ? उनले प्रशासनले हिरासतमै राखेको भनेका छन् । स्थानीयले समेत प्रशासनले जिम्मा लिनुपर्छ भनिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ