arrow

विश्वकपमा बाजी खेलाउनेहरुलाई प्रहरीले पक्रिन थाल्यो

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
police.png

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताका सन्दर्भमा विभिन्न टीमको हार तथा जितमा सट्टेबाजी खेलाउने व्यक्तिहरु प्रहरीले पक्राउ गरेको छ ।

 काठमाडौंको बज्र होटेलमा  फलानो टीमको हार वा जित हुने भन्दै सट्टाबाजी विभिन्न व्यक्तिहरुबाट नगद लाभ लिने तथा दिने (सट्टाबाजी) खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 काठमाडौंको बज्र होटेलबाट  पक्राउ पर्नेमा बालाजु घर भएका  २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्दै आएका २२ वर्षीय रेजिन महर्जन र चागल बस्दै आएका २५ वर्षका सुजेन शाही रहेका छन् ।

उनीहरुलाई अनुसन्धानको लागि हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुमार थापाले जानकारी दिए ।

उनीहरुको साथबाट नगद ६ लाख ९९ हजार रुपैयाँ सहित ४ थान मोबाइल बरामद गरिएको थापाले जानकारी दिए ।

साना तथा ठुला  सट्टेबाजीले खेलाउने बिभिन्न ग्रुपहरु सकृय भएको सूचनामा प्रहरीले खोजी जारी राखेको बताएको छ । ब्यापारी घरना तथा बिभिन्न समूहहरुले पनि खेलाइरहेको सूचना वाहिर आएपछि प्रहरी सकृय भएको बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ