डोटी । विद्युतको पोल गाड्ने क्रममा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ चासीमा जयन्द्र खड्का, विरेन्द्र खड्का, दीपक खड्का र हर्कवहादुर खड्कालाई करेन्ट लागेकाे स्थानीय महेन्द्र खड्काले जानकारी दिए । करेन्ट लागेका मध्ये चार जनाकाे मृत्यु भएकाे बताइएकाे छ ।
करेण्ट लागेर बमबहादुर खड्का भने घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिडेको बताएका छन् । उनले पाँच जनालाई करेण्ट लागेको खवर आएको सुनाए ।
करेन्ट लागेका मध्ये तीन जनाको मृत्यु भईसकेको खवर अाएकाे छ, उनले भने, 'पुष्टी हुन बाँकी छ ।' घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।