arrow

डोटीमा करेन्ट लागेर ४ को मृत्यु, १ घाईते 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
karent.jpg

डोटी । विद्युतको पोल गाड्ने क्रममा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ चासीमा जयन्द्र खड्का, विरेन्द्र खड्का, दीपक खड्का र हर्कवहादुर खड्कालाई करेन्ट लागेकाे स्थानीय महेन्द्र खड्काले जानकारी दिए । करेन्ट लागेका मध्ये चार जनाकाे मृत्यु भएकाे बताइएकाे छ ।

करेण्ट लागेर बमबहादुर खड्का भने घाईते भएका छन्  । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिडेको बताएका छन् । उनले पाँच जनालाई करेण्ट लागेको खवर आएको सुनाए ।

करेन्ट लागेका मध्ये तीन जनाको मृत्यु भईसकेको खवर अाएकाे छ, उनले भने,  'पुष्टी हुन बाँकी छ ।' घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ