स्विजरल्याण्डलाई पराजित गर्दै स्वेडेन क्वार्टरफाईनल प्रवेश
प्रकाशित २०७५ असार १९ मंगलबार
443
Shares
काठमाडौं। स्विडेनले स्विजरल्याण्डलाई पराजित गर्दै विश्वकप फुटबलको क्वार्टरफाईनल प्रवेश गरेको छ। स्विडेन स्विजरल्याण्ड बिरुद्ध १-० गोलले बिजयी भएको हो।
स्वेडेनका एमिल फोर्सबर्गले ६६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीकालागि १-०को अग्रता दिलाएका थिए। फोर्सबर्गले गरेको शक्तिशाली प्रहार स्विजरल्याण्डका खेलाडी अकान्जीको गोडामा ठोक्किएर गोल भएको थियो।
स्विजरल्याण्डले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको भएपनि गोल गर्न सकेको थिएन। स्विजरल्याण्डले केही राम्रा आक्रमणहरु स्विडेनका रक्षापंक्तिका खेलाडीहरुले बचाएका थिए। ६८ प्रतिशत बल स्विस टोलीले आफ्नो नियन्त्रणमा राखेका थिए।
स्विजरल्याण्डले ४ प्रहार स्विडेनको पोष्टमा गरेका थिए भने स्वेडेनले ३ प्रहारमा १ गोल गरेको थियो। स्वेडेनले क्वार्टरफाईनलमा ईङल्याण्ड र कोलम्बियाको बिजेतासँग खेल खेल्ने छ।