arrow

को को हुन् विश्वकप फुटबलका विजेता ? 

logo
प्रकाशित २०७५ असार २० बुधबार
world-cup.jpg

काठमाडौं। विश्वकप फुटबलको सुरुआत सन् १९३० देखि भएको हो। बीचको समयमा दोस्रो विश्वयुद्धका कारण हुन नसके बाहेक यो हरेक ४–४ वर्षमा हुँदै आएको छ। 

अहिलेसम्म सम्पन्न भएका २० संस्करणमा सबैभन्दा सफल टिम ब्राजिल हो। १९५८ देखि विश्वकप जित्न सुरु गरेको ब्राजिलले अहिलेसम्म ५ पटक उपाधि जितेको छ। ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा जितेको हो। जर्मनी र इटालीले समान ४–४ पटक विश्वकप जितेका छन्। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा तथा इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जितेको हो। 

त्यसैगरी अर्जेन्टिना र उरुग्वेले २–२ पटक विश्वकप जितेका छन्। अर्जेन्टिनाले १९७८ र १९८६ को विश्वकप जित्दा उरुग्वेले पहिलो उपाधि १९३० मा र त्यसपछि १९५० मा यो उपाधि हात पारेको थियो । इङल्याण्ड (१९६६), फ्रान्स (१९९८) र स्पेनले (२०१०) एक एक पटक विश्वकप जितेका छन्।

अहिलेसम्म ८ राष्ट्रले मात्र विश्वकप जितेका छन्। २१ औं संस्करण जित्यो भने ब्राजिलको दोहोरो ह्याट्रिक हुनेछ। त्यसैगरी उरुग्वेले जिते ह्याट्रिक गर्नेछ। फ्रान्स र इङल्याण्डको डबल गर्ने सम्भावना छ। यसबाहेक उपाधि जितेमा नयाँ च्याम्पियन बन्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ