arrow

रोकिएन नारायणगढ–मुग्लिङ सडकखण्डको पहिरो, सडक फेरि अवरुद्ध

सडक खुलाउन समय लाग्ने

logo
प्रकाशित २०७५ असार २० बुधबार
Mugling-Narayanghat.jpeg

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

बुधबार बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । 

पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ । 

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ