काठमाडौं । ७२ औं जन्मदिन मनाउन पूर्व राजा ज्ञानेन्द्र बुधबार नेपालगन्ज जाँदैछन् । पत्नी कोमलसँगै बुधबार बेलुका पौने ५ बजेको सौर्य विमान चढेर ज्ञानेन्द्र नेपालगन्ज जान लागेका हुन् ।
ज्ञानेन्द्रको ७२ औं जन्मदिन आउँदो २३ गते शनिबार परेको छ । शाहको स्वागतका लागि ७०१ सदस्यिय मूल समारोह समिति गठन समेत गरिएको छ ।
समितिका संयोजक दीपकबहादुर सिंहले शाहको जन्मदिन नेपालगन्ज कारकाँदोस्थित होटल सोल्टीमा मनाउनेगरी तयारी थालिएको जानकारी दिएका छन् । शाह करीब एक साता नेपालगन्ज बस्ने सिंहले जानकारी दिएका छन् ।