(ने क पा)को सचिवालय बैठक : स्थायी समितिमा दुबै अध्यक्षले धेरै कुरा खोल्ने
प्रकाशित २०७५ असार २० बुधबार
478
Shares
असार । नेपाल कम्युनिष्ट पार्टी कोष्ठमा छुट्टा–छुट्टै (ने क पा) को सचिवालय बैठकले विहीबार बस्ने स्थायी समितिको बैठकका लागि कार्यसूची निर्धारण गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तयार पारेको (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण, वर्तमान राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाबारे दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिने कार्यसूची तय गरेको छ ।
सचिवालय बैठकले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह, सुझाव लिने निर्णयसमेत गरेको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारी सहभागि भए ।
स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिम रुप दिने र त्यसपछि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीव्रता दिने पार्टी प्रवक्ता श्रेष्ठले बताए । विपक्षीहरुले गरेको निषेधाज्ञा अवज्ञा रणनीतिबारे भएको छलफलबारे भने श्रेष्ठले कुरा खाेलेनन् ।