arrow

मेस्सी राम्रो कि रोनाल्डो भन्नेमा विवाद, पतिले छाडे पत्नी र घर 

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
messi-ronaldo.jpg

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सी राम्रो कि पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डो भन्नेमा विवाद भएपछि एक जोडीबीच सम्बन्ध विच्छेद भएको छ । 

यो घटना रुसकै एक परिवारको हो । जुन २६ तारिखको घटनामा जब विश्वकप फुटबलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो तब आर्सेनले खुसी मनाउन थाले । 

तर उनकी पत्नी ल्युडमिलाले रोनाल्डो मेस्सीभन्दा राम्रो रहेको बताएर उनलाई चिढाउन थालिन् । 

रिसले चुर भएको आर्सेनले घरमात्र छाडेनन् अर्को दिन बिहानै ल्युडमिलालाई सम्बन्ध विच्छेदको पत्र नै पठाए । 

रुसी अखबारका अनुसार आर्सेन र ल्युडमियाबीच सन् २००२ को विश्वकपका समयमा प्रेम परेको थियो । 

आर्सेनले ‘आर्गुमेतो आई फाक्ति’ पत्रिकालाई अन्तर्वार्ता दिँदै विश्वकपकै बेलामा दुवैबीच भेट भएको र त्यहीं प्रेम बसेको बताए । त्यसपछि उनीहरुको विवाह भएको थियो । 

अहिले भएको तनावबारे आर्सेनले आइसल्याण्डविरुद्धको खेलमा पनि मेस्सीले पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि उनकी पत्नीले गिज्याइरहेकी थिइन् । 

लगातार मेस्सीको आलोचना सहन नसकेपछि आर्सेनले घर र पत्नी नै छाडेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ