arrow

नेयमार सनक ! छोरासँग क्वार्टरफाइनल अभ्यास 

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
neymar-son.jpg

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले आफ्नो छोरासँगै फुटबलको अभ्यास गरेका छन् । क्वार्टरफाइनलको आगामी खेलको लागि तयारीमा रहेका नेयमार बुधबार भने छोराको साथमा मैदानमा देखिएका हुन् । 

बुधबारको अभ्यासमा केही समय उनले आफ्नो छोरा डाभी लुकासँग बिताएका थिए । रक्षापंक्तिका मार्सेलो र गोलरक्षक एलिसनले पनि एक दिनअघि आफ्ना बच्चाहरुसँग फुटबल खेलेका थिए । 
 
शुक्रबार ब्राजिल र बेल्जियमको विरुद्धमा क्वार्टरफाइनलको खेल हुन गइरहेको कारण ब्राजिल अहिले पूर्ण तयारीमा देखिएको हो । बुधबारको अभ्यासमा नेयमारमा सबैको आँखा रहेको थियो । यो विश्वकपमा आफ्नो गतिविधिको कारण नेयमार सबैभन्दा बढी आलोचित बनेको कारण पनि उनीमा धेरैको आँखा परेको हो । 

गत सोमबार अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अभ्यासको क्रममा केही सामान्य किसिमको तालिम मात्र दिइएको भए पनि यो समय आगामी खेलको लागि फिट रहन निकै महत्वपूर्ण रहेको बताइएको छ । 

ब्राजिलले क्वार्टरफाइनलमा बेल्जियमलाई पाखा लगाउन सकेको खण्डमा उसको भेट सेमिफाइनलमा उरुग्वे वा फ्रान्ससँग पर्नेछ । पाँचपटकको उपाधि विजेता ब्राजिलले सन् २००२ यता भने विश्वकपको उपाधि जित्न सकेको छैन । 

Neymar was joined by his son Davi Lucca for Brazil's latest training session in Russia

The Brazil winger enjoyed spending time with his son during the session in Sochi

On Tuesday Marcelo was also joined by his child when Brazil trained before their quarter-final

Goalkeeper Alisson was joined by his daughter Helena for the training session on Tuesday

Neymar spent part of the training session lying on the ground and feigning injury

The 26-year-old has been heavily criticised for diving and was perhaps mocking his detractors

Midfielder Philippe Coutinho took part in the latest Brazil training session along with Neymar



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ