arrow

कानुनी राज्यको खिल्ली उडाउँदैछ सरकार : कांग्रेस

logo
प्रकाशित २०७५ असार २१ बिहिबार

काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने वर्तमान सरकारको निर्णयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसले विहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको निर्णयमा ध्यानाकर्षण जनाएको हो ।

कांग्रेसले सार्वजनिक गरेको विवरणमा मन्त्रिपरिषदले गरेको निर्णयमा विभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, कम्पनी, वोर्ड, बैंक र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेज भएको भनिएकोमा ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भएपछि गरिएका नियुक्तिहरु खारेज गरिनु नियमसंङ्गत नरहेको विज्ञप्तिमा बताइएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा देउवा व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको, उनको मन्त्रिपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतीमा भएकोले आवश्यक नियुक्तिहरु गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “यसरी कानूनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानूनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा गर्दछ ।”
 
कांग्रेसले  कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने स्पष्ट मनसाय यो सरकार रहेको आरोप लगाएको छ । विज्ञप्तिमा सरकारको यो गैरकानुनी निर्णयको विरोध गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ ।

साथै कांग्रेसले आजै पार्टी केन्द्रीय कार्यलयमा  हुने पत्रकार सम्मेलन मार्फत विस्तृत विवरण दिने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ