arrow

खुल्ला मञ्च त खुल्ला छैन त सरकार ?

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असार २१ बिहिबार
khulla_manch.jpg

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन १ गतेदेखि लागु हुनेगरी काठमाडौँका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र भनिएको छ। जिल्ला सुरक्षा समिति, काठमाडौंको सिफारिश तथा स्थानीय प्रशासन ऐन अनुसार अर्को आदेश नभएसम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएको जिल्ला प्रशासन कार्यालयले गएको फागुनमै सूचना जारी गरेको थियो। 

त्यसपछि केही समय चुप लागेको सरकारले साउन १ बाट त्यो निर्णय कार्यान्वयन गर्ने भन्यो । कार्यान्वयनमा आएको केही समयमै निषेधाज्ञा तोड्न विभिन्न प्रयत्नहरु भए। अन्ततः विपक्षी दल कांग्रेसका कार्यकर्ताले मुलुकको प्रमुख प्रशासनिक केन्द्र रहेको सिंहदरबार नजिकैको माईतीघर मण्डलामा निषेधित घेरा तोडेर प्रर्दशन गरे। गृहमन्त्री रामबहादुर थापाले पटक–पटक विधिको शासन चल्ने र उल्लंघन गर्नेहरु कारबाहीको भागिदार हुने बताउँदै आएका छन्। 

स्थानीय प्रशासनले निषेधित क्षेत्र माई होईन प्रदर्शन गर्ने ठाउँ पनि तोकेको छ। जस मध्येको एक, सैनिक मञ्च टुंडिखेलसँगै रहेको खुल्ला मञ्चको बेहाल छ। सरकारले त्यही गएर प्रदर्शन गर भन्छ। सरकारको विधिले पनि त्यही भन्छ। तर, त्यहाँ सवारी साधन, निर्माण सामाग्रि, लेदोमाटोले दिनहुँ धर्ना दिईरहेका छन्। हुँदा हुँदा धर्ना दिन आइपुगेको छ, गरिबहरुको विद्यालयमा परिणत भएको दरबार हाईस्कुल। खुल्लामञ्च त भरी भराउ छ। कहिल्यै खुला हुँदैन। न राति न दिउँसो। 

यी हुन् खुल्ला मञ्चकाे मञ्चसँगै सटाएर राखिएका चिल्ला कार । 

मञ्च अघिल्तिर पार्किङ् गरेर राखिएका गाडि । अनि मञ्चमा काे हाेलान् भनेर अचम्म नपर्नुस्- ति सँधै सरकारलाई धर्ना दिईरहेका सडक बालबालिका र महिला । सबैका हातमा प्लाष्टिककाे सेताे थैलाे छ । घरी फुक्छन्, घरी छाेड्छन् । याे बर्खे झरीमा उनीहरुका लागि याे यहि नै अाेत लाग्ने ठाँउ भएकाे छ । खाए वा भाेकै छन् -कसैले पनि साेध्दैन उनीहरुलाई । 

 

याे चैँ बुढाे वीर अस्पतालका नयाँ घर बनाउन राखिएकाे निर्माण सामाग्री । (बालुवा, गिट्टी, ढु‌ंगा ‍)

यी चैँ राणाकालीन विद्यालय दरबार हाईस्कुलकाे भवन भूकम्पले भत्काएपछि गरिबका छाेराछाेरी पढ्नबाट बन्चित नहुन् भनेर  पठनपाठनका लागि बनाईएका टहरा । 

याे हाे, निर्माण सामाग्री बाेकेर अाउने गाडि र पार्किङका लागि अाउने गाडिले पेलेर धान राेप्न ठिक्क पारेकाे बाँकी बचेकाे खाली ठाउँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ