-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौ । सरकारले काम गर्ने ठाउँ र तलव नदिएपछि सशस्त्र प्रहरी बलका ५ एआइजीले राजिनामा दिएका छन I
एआइजीहरू जानकीराज भट्टराई, सुवोध अधिकारी, निराक्रिकम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजिनामा दिएका हुन ।
तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा डिआइजीबाट एआइजीमा बढुवा भएकाहरूले माघ यता तलब भत्ता पाएका थिएनन् ।
प्रदेश प्रमुखको जिम्मेवारी सहित एआइजीमा बढुवा भएका उनीहरू सशस्त्रको जिम्मेवारी सम्हाल्न नपाइ विदा भएका हुन ।
राजिनामा दिएकाहरूले डिआइजीकै सेवा सुविधा मात्र पाउनेछन ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन्।
५ एआइजीले राजिनामा दिएपछि शैलेन्द्र खनाल पछिको आइजिपीमा डिआइजी सुरज कुमार श्रेष्ठ हुने पक्का जस्तै भएको छ ।