arrow

सरकारले तलब नदिएपछि सशस्त्रका ५ एआइजीले दिए राजिनामा

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
APF1.jpg

काठमाडौ । सरकारले काम गर्ने ठाउँ र तलव नदिएपछि सशस्त्र प्रहरी बलका ५ एआइजीले राजिनामा दिएका छन I

एआइजीहरू जानकीराज भट्टराई, सुवोध अधिकारी, निराक्रिकम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजिनामा दिएका हुन ।

तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा डिआइजीबाट एआइजीमा बढुवा भएकाहरूले माघ यता तलब भत्ता पाएका थिएनन् ।

प्रदेश प्रमुखको जिम्मेवारी सहित एआइजीमा बढुवा भएका उनीहरू सशस्त्रको जिम्मेवारी सम्हाल्न नपाइ विदा भएका हुन ।

राजिनामा दिएकाहरूले डिआइजीकै सेवा सुविधा मात्र पाउनेछन ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन्।

५ एआइजीले राजिनामा दिएपछि शैलेन्द्र खनाल पछिको आइजिपीमा डिआइजी सुरज कुमार श्रेष्ठ हुने पक्का जस्तै भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ